एक स्वाथ्य अवधारणा सम्बन्धी अन्तरक्रिया गोष्ठी

बुटवल,

लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजानमा एक स्वाथ्य अवधारणा सम्बन्धी अन्तरयक्रिया गोष्ठी गरिएको छ । निर्देशनालयका महानिर्देशक डा. प्रवेश सिंह कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशको कृषि वन तथा वातावरण समितिका सभापती विश्वप्रेम पाठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पाठकले सबैको सहकार्यमा एक स्वाथ्य अवधारणालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले एक स्वाथ्य अवधारणा आफैमा सबै निकायको विचमा संमन्वय, सहकार्य, सहअस्तित्वबाट अगाडी बढ्ने अवस्था रहेको भन्दै समितिबाट के कस्तो सहयोग गर्न सकिन्छ, यसमा आफु तयार रहेको बताएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहको विशिष्ट आतिथ्यता रहेको थियो । सचिव सिंहले एक स्वाथ्य अवधरणा विश्वव्यापी अवधरणा भएको भन्दै यसको लागि सबैले सहकार्य गरेर यसको पूर्ण कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएकी थिईन ।

कार्यक्रममा एक स्वाथ्य अवधारणा सम्बन्धी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका बरिष्ठ पशु चिकित्सक डा. नविन बस्याल, प्रदेशको वन निर्देशनालयका नित्तम प्रमुख यज्ञ मुर्ती खनाल, लुम्बिनी प्रदेश आर्युवेद्धिक चिकित्सालय बुटवलका प्रमुख डा. प्रवेश श्रीवातव लगायतले कार्यपत्र प्रस्तुत गर्दै विभिन्न निकायको अन्तरनिहित भुमिकाको विषयमा प्रष्टपारेका थिए । कार्यक्रममा रुपन्देही जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका बरिष्ठ मत्सय विकास अधिकृत रुची श्रीवास्तव, उपभोक्ता हितसंरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक, पशुरोग अन्वेशण प्रयोगशाला प्रमुख डा. भरत काफ्ले, सहित पशु क्वारेन्टाईन, कार्यालय, स्थापनीयपालिकाको पशु स्वाथ्य शाख, कृषि शाखा, स्वाथ्य शाखा, महाशखा लगायतका सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन बरिष्ठ अधिकृत ऐश्वर्या आचार्यले गरेकी थिईन् ।

 

© 2025 krishipatra All right reserved