‘नेपाली कृषिजन्य उत्पादन र प्रयोगमा प्राथमिकता देऔं’

बुटवल, प्रतिनिधीसभा सदस्य तथा जुम्लाको स्याउप्रर्वद्धनको अभियानमा लागेका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाली उत्पादन बृद्धि गनुपर्ने र नेपाली उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । उनले नेपाली जनताले पछिल्लो समयमा नेपाली उत्पादन प्रयोग, उपभोगमा समेत विस्तारै बृद्धि हुदै गएको भन्दै देशभरका किसानहरुको समस्या सुन्नको लागि आफु देश दौडाहामा निस्कीएको बताएका छन् ।

मणिग्राममा लुम्बिनी कृषि बजारको आयोजानमा गरिएको किसानको समस्या सम्बोधन कार्यक्रममा बोल्दै संघीय संसाद शाहीले अव किसानले आ आफ्नो स्थानबाट सजग भएर नेपाली उत्पादनको ब्रान्डीङ्गमा जोड दिनुपर्ने बताएका थिए । किसान, व्यवसायी, संघ संस्थाका प्रतिनिधीहरु समस्या समाधानको लागि संघीय संसदमा पहल गर्ने प्रतिवद्धता जनाउँदै उनले यसको लागि किसानको पक्षमा जास्तो सुकै मुल्य चुकाउन पनि तयार भएको बताए ।उनले भने–‘नेपालमा प्रसासनीक संयन्त्र, यस्तो बनाइएको छ, जहाँ एकल प्रयास बाट संभव छैन, यसको लागि हामी सबै हातेमालो गर्न तयार हुनुपर्छ, म किसानहरुको पक्षमा छु ।’


कार्यक्रममा लुम्बिनी कृषि बजार प्रालिका अध्यक्ष भिकामान्त पन्थीले नीजीक्षेत्रबाट स्थापना भएको बजार नेपालकै ठुलो र नमुना बजार भएको भन्दै यसको लागि सरकारी निकायबाट सहुलियत रुपमा विद्युत, खानेपानी लगायतका आधारभुत आवश्यकतामा समेत विशेष छुट दिनपर्ने माग गरे । किसानको उत्पादन बजारीकरणको लागि स्थापना भएका उद्योगहरुको योगदान उच्च रहेको तर यसमा स्थानीय निकाय, प्रदेश र संघीय सरकारको सहकार्य, योगदान शुन्य जस्तै भएको गुनासो गरेका थिए ।
कार्यक्रममा किसान, व्यवसायी तथा अन्य सरोकारवालाहरुको सहभागीता रहेको बजारका प्रबन्धक राम बहदुर खत्रीले जानकारी दिए ।

© 2025 krishipatra All right reserved