
बुटवल। बुटवलमा मासु व्यवसाय गर्दै आएका व्यवसायीहरुले बुटवल उपमहानगरपालिकाले मुक्तीनाथ लाईभस्टक बैंक संग ठेक्का सम्झौता गरी सञ्चालनमा ल्याएको बधशाला नजाने घोषणा गरेका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी बधशालामा नजाने घोषणा गरेका हुन ।
बुटवल उपमहानरपालिकाले खसी बोका अनिवार्य रुपमा पशुबधशालामा बध गरेको मात्रै बध गरेको मासु मात्रै प्रयोग गर्न कडाईगरेपछि मासु व्यवसायीहरुले पहिला आफ्नो पहलमा उद्यमी महिला, मासु व्यवसायीहरुको साझा पहलमा सम्झौता नै गरेको बधशाला नियतवस अन्य नीजी कम्पनीलाई दिएको भन्दै बधशाला बहिस्कार गर्ने घोषणा गरेका हुन । मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले बुटवल उपमहानरपालिकाले हेफर ईन्टरनेशनलको प्राविधिक सहयोगमा प्रदेश सरकार र बुटवल उपमहानरपालिकाको लगानीमा स्थापना भएको बधशाला लाई मासु व्यवसायीहरुको सहभागीता विना चलाउने दिने कारण नै सडयन्त्र भएको ब ताए । उनले व्यवसायीहरुको सहभागीता ३५ हजार भन्दा बढि महिला उद्यमी सहकारी मार्फत ४ वटा ईन्भेष्टमेन्ट कम्पनीको लगानीमा रहेको बुटवल मासु उत्पादन तथा प्रसोधन उद्योग लिमिटेढलाई दिने गरी मिति २०७८ असोज ७ गते परियोजनाको मनासय पत्र नगरपालिकाले आह्वान गरे अनुसार सोही बर्षको पुस २७ गते मासु उत्पादन तथा प्रसोधन प्रालिले पेश गरेको प्राविधि प्रस्ताव मुल्यांकन गरी आर्थिक प्रस्ताव खोल्न बोलाएको थियो । सोही अनुसार २०७९ जेठ ११ गते सम्झौताको लागि बोलाएको थियो । माघ २९ गते नरपालिका प्रमुख, उप प्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत रहेफर ईन्टरनेशनल सहितको सहभागीतामा बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिका अध्यक्ष सहित सञ्चालकहरुको समेत सहभागीतामा बार्षिक रुपमा ४७ लाख ३९ हजार रुपैयाँमा बधशाला सञ्चालन गर्ने निर्णय समेत गरेको थियो ।
सो निर्णयको अनुमोदन कार्यपालिका बैठकलले फागुन २ गते स्वीकृत समेत ग।रेको छ । यस्तै चैत २७ गते बैंक ग्यारेन्टीको लागि समेत पत्र बुटवल उपमहानरपालिकाले प्रालिलाई आग्रह गरेको थिए । तर २०८० जेठ ३ गते नगरपालिकाले विभिन्न कारण देखाउँदै बोलपत्र पुरानो सम्झौता अनुसार गर्न सक्ने भन्दै रद्द गरेको थियो ।
यसरी व्यवासायी, किसान, महिला उद्यमी समुहको विचमा गरेको सम्झौता भन्दा विपरित नयाँ टेन्डर आह्वान गरेपछि अहिले मुक्तीनाथ लाईभस्टक बैंकले बुटवलको बधशाला सञ्चालन गरिरहेहेको छ । यसरी पहिला सम्झौता गरेको व्यवसायीको संस्थाको रद्द गरी अर्को कम्पनीलाई टेन्डर दिएपछि व्यवसायीहरुले सुरु देखि नै यको विरोध गर्दै आएका थिए ।
व्यवसायीहरुलाई व्यवसाय गर्न नपाउने अवस्था सृजना गरेको बुटवल मासु उत्पादन तथा प्रसोधन उद्योग प्रालिका अध्यक्ष समेत रहेका मासु व्यवसायी कृष्ण प्रसाद पौडेल बताउँछन् । उनले अहिले व्यवसायीहरुलाई अनिवार्य रुपमा मुक्तीनाथ संग मात्रै किन्नुपर्ने सर्त अगाडी सारेर बुटवल उपमहानरपालिकाले सिन्डीकेट लागु गरेको अरोप पौडेलको छ ।
नयाँ बधशाला स्थापनाको लागि समेत बन्द गर्ने गरी नगरपालिकाले बनाएको मासु जाँचले बन्देज गरेको भन्दै यसको विरोध गरिएको व्यवसायी विशाल थापा बताउँछन् ।
उद्यमी महिला ईन्भेष्टमेन्ट प्रालिका अध्यक्ष तथा महिला सहकारी उद्यमी संस्थाका संयोजक होमादेवी पौडेलले प्रदेश भित्र रहेका ३५ हजार भन्दा बढि महिला सदस्यहरुलाई नगरपालिकाले बधशालामा लगानी र सहभागी हुन बाट रोकेर लात हान्ने काम गरेको बताईन् ।
हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्ध प्रेम श्याम्बुले हेफरले बधशाला स्थापनाको लागि ५ करोड भन्दा बढि प्राविधिक सहयोग गरेको भन्दै पहिलाकै स्थिातिमा महिला उद्यमीहरुको सहभागीता भएमा सञ्चालनको लागि थप सहयोग गर्ने सक्ने गरी रकम समेत बिनियोजन गरिएको बताउँछन् । तर महिला उद्यमीहरुको सहभागीता बिना यसमा थप सहयोग नगर्ने उनि बताउँछन् ।