
बुटवल, आसाेज-रूपन्देहीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा सुपरजोन सञ्चालन समन्वय समिति पूनर्गठन गरिएको छ २०८१ असोज १५ गते माछा सुपरजोन कार्यक्षेत्र शुद्दोधन-७ मा एक , कार्यक्रम आयोजना गरी समिति पूनर्गठन गरिएको हो।
पूनर्गठन कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रूपन्देहीका प्रमुख वरिष्ठ कृषि अधिकृत नारायण काफ्ले काे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई काे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा
-कपिल न्यौपाने, निवर्तमान संयोजक, माछा सुपर जोन सञ्चालन समन्वय समिति,
पून्य प्रसाद चौधरी , जिल्ला मत्स्य व्यवासायी संघ पूर्व अध्यक्ष तथा सफल मत्स्य उद्दमी लगायत ३० जनाको उपस्थिति रहेकाे जनाएईकाे छ ।
– हरेक स्थानिय तहमा मत्स्य कृषकको भेला गरि समितिमा प्रतिनिधित्वको लागि ९ जना प्रतिनिधि चयन भएर आएको। सफल महिला मत्स्य उद्दमी तारा पाण्डेको संयोजकत्वमा नौ सदस्ययी समिति पूनर्गठन गरिएको। समितिको कार्यकाल २ वर्षको हुने छ ।
निवर्तमान संयोजक कपिल न्यौपानेले विवाद रहित तरिकाले समितिको २ वर्षे कार्यकाल परा गरेर माछा सुपरजोनमा कार्यालयले शुरूवात गरेको नविनतमा प्रविधिहरूलाई प्रचार प्रसार तथा अवलम्बन गर्न सक्रिय तथा समन्वयकारी भूमिका निर्वाह भएको विचार व्यक्त गरेका थिए ।
-जिल्ला मत्स्य व्यवसायी संघ पूर्व अध्यक्ष तथा सफल मत्स्य उद्दमी पून्य चौधरीले माछा सुपरजोन कार्यक्रमले माछाको उत्पादन तथा उत्पादकत्व बृद्दि गर्न महत्वपूर्ण योगदान गरेको यसमा समितिको उल्लेख्य भूमिका रहेको विचार व्यक्तगरेका थिए ।
पूनर्गठित नयाँ समितिक संयोजक तारा पाण्डेले महिला मत्स्य उद्दमीलाई संयोजक छनौट गर्नु भएकोमा सबेैलाई धन्यवाद तथा आभार प्रकट गर्नु भएको र नयाँ जिम्मेवारीलाई कुलशता पूर्वक माछा सुपरजोनको हितमा कार्यालय तथा माछा कृषकहरूको बिच समन्वयकारी भूमिका गरि २ वर्षमा उत्कृष्ट कार्य गरि देखाउने प्रतिबद्दता व्यक्त गरिन् ।
जिसस प्रमुख उमाकान्त चपाईले पुरानो समितले गरेको योगदान प्रति धन्यबाद व्यक्त गर्दै नयाँ समितिले पनि माछा सुपरजोन क्षेत्रमा गुणस्तरिय माछा उत्पादन तथा बजारिकरणमा आवश्यक समन्वय गर्न सुझाव दिदै संयोजक लगायत समितिका सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमका अध्यक्ष तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रूपन्देहीका प्रमुख नारायण काफ्लेले सुपरजोन सञ्चालन समन्वय समितिले सुपरजोन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा पुराएको महत्वपूर्ण योगदानको चर्चा आभार व्यक्त गर्नुका साथै माछा सुपरजोन रूपन्देहीलाई देशकै उत्कृष्ट सुपरजोन बनाएर माछामा आत्मनिर्भर हुनको लागि नविनतम प्रविधि प्रयोग गर्न समितिको समन्वयकारी भूमिका अत्यन्तै महत्वपूर्ण रहेकाले पूनर्गठित नयाँ समितिलाई हार्दिक बधाई तथा शुभकामा दिदै कार्यक्रमको समापन गरेका थिए ।