
बुटवल असोज । पशुचौपायमा कृत्रिम गर्भाधान गरी नश्ल सुुधार मार्फत उत्पादन र उत्पादकत्व वृद्धिमा प्रदेश सरकार सफल बन्दै गएको पाइएको छ । गाई भैसी का साथै भेडा बाख्रा र बंगुरमा समेत प्रदेशमा निःशुल्क रुपमा क्रितृम गर्भाधान गराउँदै आएको छ । प्रदेशले यसको लागि निती तिथा कार्यक्रममा नै समावेश गरी अभियानको रुपमा अगाडी बढाइएको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निर्देशक डा. प्रवेशसिंह कुवंर ले बताए । निर्देशक डा. कुवंरका अनुसार गत आर्थिक वर्ष २०८०।०८१ मा लुम्बिनीमा ८४ हजार बढि गाई, भैसीमा कृत्रिम गर्भाधान गराईएको छ । चालु आर्थिक वर्षमा १ लाख गाई भैसीमा कृत्रिम गर्भाधान गर्ने तयारी गरिएको छ ।
नश्ल सुधार र पशुमा गरिने कृत्रिम गर्भाधानले किसानहरु उत्साहित भएको राष्ट्रिय पशु प्रजनन कार्यालय खजुरा बाँकेका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. खगेन्द्र खगेन्द्र सापकोटाले बताए । सरकारको लक्ष्य भन्दा बढी संख्यामा पशुहरुमा कृतिम गर्भाधारण गर्न सकिने उनले बताए । उनले पशुलाई कृतिम गर्भाधान गराउंदा पशुको अवस्थाबारे राम्रोसंग बुझ्न प्राविधिकहरुलाई आग्रह गर्दै पशुको अवस्था सोशी पशुको पालन गरेको मालिक तथा किसानालाई बढी थाहा हुने भएकाले किसानसंग पशुकोबारेमा बुझेर मात्र कृतिक गर्भाधान गर्न सुझाव दिए ।
पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयले बुटवलमा कृतिम गर्भाधारणकर्ताहरुलाई प्रशिक्षण दिएको छ । कृतिम भर्गाधान कार्यक्रमलाई किसानहरुको माग अनुसार गोठगोठमा पुगेर सेवा दिनुपर्ने र त्यसका लागि प्राविधिकलाई थप जानकार गराउन प्रशिक्षण तथा तालिमको आयोजना गरिएको निर्देशनालयका बरिष्ठ पशु चिकित्सक तथा सूचना अधिकारी लोकराज भुसालले जानकारी गराए । उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका महानिर्देशक यामनारायण देवकोटाले पशुपालनको अवस्था खस्केकाले उत्पादन बढाउने गरी काम गर्नुपर्ने बताए ।
उत्पादनवृद्वि गर्नुपर्ने र त्यस का लागि नसल सुधार र कृतिम गर्भाधान कार्यक्रम प्रभावकारी कार्यक्रम रहेको बताए ।
निर्देशनालयका निर्देशक डा. प्रवेशसिंह कुवंर, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख डा. प्रवेज आलम र राष्ट्रिय पशु प्रजनन कार्यालय खजुराका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. खगेन्द्र सापकोटाले कृतिम गर्भाधारणबारे प्रशिक्षण सहित कार्यपत्र प्रस्तुत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा अर्घाखांची, दाङ, प्यूठान, रोल्पा र रुकुममाम स्थानीय तहमा कार्यरत पशुसेवा प्राविधिकहरु, प्रदेशको एकिकृत पशुपंक्षी तथा कृषि कार्यालयका प्रमुख तथा प्रतिनिधी, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।