
बुटवल, असोज ।
‘अवरोध हटाऔं, रेविज रोग उन्मुलन गरौं’ भन्ने मुल नाराका साथ रुपन्देहीमा विश्व रेविज दिवस २०२४ को अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । अभियान अन्र्तगत पहिलो दिन शनिवार बुटवलमा रेविज रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र बुटवल उपमहानरपालिका को आयोजानमा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले रेविज रोग लाग्नबाट जोगिनको लागि सबैको साझा सहकार्य जरुरीरहेको बताए । खासगरी रेविज रोगको जोखिम भुस्या कुकुर, बाँदर लगायतका जोगिन आवश्यक रहेको बताए । भुस्या कुकुर नियन्त्रणको लागि अभियानको रुपमा नै बन्ध्याकरण शिविर आवश्यक भएको उनकोभ नाई रहेको छ । अहिले पनि पालिकाले यसलाई अभियानको रुपमा सुरुवात गरेको भन्दै उनले सबैले साथ र सहयोग गरेमा नियन्त्रण गर्न सकिने बताएका थिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रा देवीले रेविज रोग नियन्त्रणको लागि पालिकाले भुस्या कुकुर नियन्त्रणको लागि प्रत्येक बर्ष बन्ध्याकरण शिविर आयोजना गरिएको जानकारी गराईन् ।
कार्यक्रममा बौल्दै उनले सबैले साझा अभियानको रुपमा रेविज विरुद्धको अभियान चलाउनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख घनश्याम चौधरी, प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटा, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा. प्रवेश सिंह कुँवर, नेपाल एनिमल साईन्स एशोसीयसन लुम्बिनी प्रदेश संयोजक तुलसीराम भण्डारी, नेपाल भेटेरिनरी एशिोसियसन लुम्बिनी प्रदेश अध्यक्ष डा. युवराज पन्थी, नेपाल भेटेरिनरी विद्यार्थी एशोसीयसन पक्लीहवा क्याम्प अध्यक्ष सन्दीप तामाङ्ग लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका पशु चिकित्सक डा. नविन बस्याल, पशु पंक्षी रोग अन्वेशण प्रयोगशाला नवलपरासी प्रमुख डा. भरत काफ्लेले रेविज रोगको अवस्था, रोग नियन्त्रण वा रोकथामका उपायहरु, यसबाट बच्न गरिने उपायहरु ल्गायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल भेटेरिनरी एशोसीयसन लुम्बिनी प्रदेश, नेपाल पारा भेटेरिनरी एण्ड लाईभस्टक एशोसीयसन लुम्बिनी, नेपाल पशुस्वाथ्य प्राविधिक संघ लुम्बिनी, नेपाल एनिमल साईन्स एशोसीयसन लुम्बिनी, पशुपंक्षी तथा औषधी व्यवसायी संघ लुम्बिनीको सहकार्य रहेको बुटवल उपमहानपालिका पशुपंक्षी विकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले जानकारी दिए । नेपाल सरकारले सन् २०३० सम्ममा कुकुरले टोकेर लाग्ने रोगबाट मानिसको मृत्युलाई शुन्यमा सार्ने लक्ष्य लिएको छ ।