
बुटवल, भदौ । ग्रेट भिजन एग्रीकल्चर प्रालिको नर्सरी शुभारम्भ गरिएको छ । बुटवल उपमहानरपालिका ११ सिद्धनगर शान्तीचौकमा शनिवार एक कार्यक्रमको आयोजना गरी नर्सरीको शुभारम्भ गरिएको हो । नर्सरीको एक कार्यक्रमका विच बुटवल उपमहानरपालिका उप– प्रमुख सावित्रादेवी अर्यालले शुभारम्भ गरिन् ।
नर्सरी शुभारम्भ कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रा देवी अर्यालले स्वदेशमा नै उद्यमशिलता विकासमा सबैजना लाग्नुपर्ने बताएकी थिईन् । उनले अहिले पनि लाखौं, करोडौको फुल, फुल का विरुवा बाहिरबाट आयात हुदै आएको भन्दै त्यसलाई रोक्न, करेसावारीमा नै विरुवा उत्पादन गरी अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताएकी थिईन ।२५ लाख लगानीमा सुरु भएको यो नर्सरीले फुल, फल र तरकारीका विरुवा उत्पादन गरी आत्मनिर्भर बनाउने लक्ष्य लिएको सञ्चालक भुवनेश्वर न्यौपानले जानकारी दिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिव प्रसाद अर्यालय, बुटवल उपमहानरपालिका कृषि शाखा प्रमुख सन्तोष जिसी, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र बहादुर जिसी सहित टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनीधीहरुको सहभागीता रहेको थियो ।