बुटवल कृषि उपजः म्याद सकिएको चार वर्षपछि भाडामा (टेन्डर सूचना सहित)

  • सुरुवाती चरणमा वि.सं. २०७७ साल सम्म सम्झौता भएपनि त्यपछि कुनै पनि टेन्डर आह्वान हुन सकेको थिएन ।
  • बुटवल, २५ भदौ ।
    उपत्यका बाहिरको सबैभन्दा ठूलो कृषि उपज केन्द्रको रूपमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रमा रहेका व्यवसायीहरूको बहाल सम्झौता सकीएको ४ बर्ष पछि बल्ल बहालको लागि बोल पत्र आह्वान गरिएको छ ।
    वि.सं. २०६७ सालमा बुटवलमा कृषि उपज थोक बजार केन्द्र सञ्चालनमा आएको थियो । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, बुटवल उपमहानगरपालिका र लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी समितिको संयुक्त लगानीमा उक्त बजार स्थापना भएको हो । जसमा केन्द्रीय कृषि मन्त्रालयले ६० र अन्य ४० प्रतिशतमा बुटवल उपमहानरपालिका र व्यवसायीहरूले लागनी गरेका छन् । जसमा बुटवल उपमहानरपालिकाले जग्गा सहित २४ प्रतिशत र व्यवसायीयले १६ प्रतिशत लगानी गरेर यो उपज केन्द्र स्थापना भएको थियो । सुरुवाती चरणमा वि.सं. २०७७ साल सम्म सम्झौता भएपनि त्यपछि कुनै पनि टेन्डर आह्वान हुन सकेको थिएन ।

    कृषि बजार मा दोस्रो पटक बाहलको लागि सूचना प्रकाशन गरिएको हो । पूर्ववत रूपमा भएको सम्झौता अनुसार १६ प्रतिशत लगानी गरेका व्यवासायीहरूले बाहल सम्झौता बापत रकम कट्टा हुँदै जाँदै गर्दा ४ बर्ष पहिला नै लगानी गरिएको रकमको कट्टा भईसकेको थियो । कोरोना कालमा व्यवसायीहरूको मर्कालाई ध्यानमा राखेर म्याद थप गरिएको थियो ।
    कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भुषालले सार्वजनिक क्षेत्रमा रहेका सम्पत्तीको नियमअनुसार उपभोगको लागि सार्वजनिक रूपमा टेन्डर आह्वान गर्नुपर्ने नियम भएको कारण समितिको निर्णय अनुसार सूचना प्रकाशन गरिएको जानकारी दिए । उनका अनुसार पहिलो पटक सुचना प्रकाशन गरिएको मितिले ३० दिन सम्मको म्याद राखीएको छ ।

    कृषि बजार ब्यवस्थापन समिति, बुटवल – ६, मातहत कृषि उपज थोक बजार स्थलमा रहेका सटरहरू ५ वर्षको लागि शिलबन्दि बोलपत्रका माध्यमबाट बढि कबोल गर्ने बोलपत्रदातालाई बहालमा दिनुपर्ने भएकोले बजार समितिको नियम तथा शर्तहरूको अधिनमा सूचना प्रकाशन गरिएको अध्यक्ष भुषालको भनाइ रहेको छ ।

    ‘प्रथम पटक सूचना प्रकाशन मितिले ३० औं दिन कार्यालय समयभित्र यस कृषि बजार व्यवस्थापन समितिको कार्यालयबाट बोलपत्र खरिद गर्न सकिने र बिक्री भएका बोलपत्रहरू सूचना प्रकाशित मितिले ३१ औ दिनको १२.०० बजेभित्र यस समितिमा रितपूर्वक शिलबन्दि गरि दर्ता गर्नुपर्नेछ । दर्ता भएका बोलपत्रहरू सोही दिन १.०० बजे यस कृषि बजार व्यवस्थापन समितिको कार्यालयमा खोलिनेछ,’–उनले भने ।

    कृषि बजार ब्यवस्थापन समिति, बुटवल – ६, मातहत कृषि उपज थोक बजार केन्द्रमा रहेका सटर बहाल सम्झौता अवधि सकिएका (कृषि समूह र सहकारीहरूको लागि आरक्षित सटरहरू बाहेकका) सटर भाडामा लगाउनको लागि सूचना प्रकाशन गरिएको हो । उक्त कृषि उपज केन्द्रमा रहेका सटरहरूको न्युनतम ६ हजार देखि अधिकतम २८ हजार रूपैयाँ बराबरको मासिक भाडा रहेको पाइएको छ ।

    ३ बर्ष देखि भाडमा नलगाएको कारण व्यवसायीहरूले व्यवसाय समेत नविकरण भएको थिएन । जसले गर्दा पुराना व्यवसायीहरू नविकरण नभएर समस्यामा थिए भने नयाँ व्यवसाय गर्न चाहने व्यवसायीहरूले समेत उक्त स्थानमा टेन्डर हाल्न पाएका थिएनन् । पटक पटक टेन्डर आह्वानको माग सहित अखिल नेपाल किसान महासंघ लगायतका संघ संस्थाले समेत ज्ञापन पत्र सहित अल्टीमेटम समेत दिदै आएका थिए ।cast:Butwal today daily news paper 

    टेन्डर सूचना सहित

    © 2025 krishipatra All right reserved