बुटवल, भदौ ।
कृषि बजार व्यवस्थापन समिति बुटवल उपमहानरपालिका वडा नम्बर ६ को १५ औ स्थापना दिवस तथा तेस्रो बजार दिवस मनाइएको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी दिवसको अवसरमा किसान, व्यवसायी सम्मान तथा संस्थागत सहयोग प्रदान गरि स्थापना दिवस मनाइएको हो ।
कृषि बजार व्यवस्थापन समिति बुटवलका अध्यक्ष घनश्याम भुषाल(गोपाल) को अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानपालिका प्रमुख खेजराज पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवललाई सबै मिलेर आर्थिक राजधानीको रुपमा स्थापित गर्नुपर्ने बताए ।
उनले सबै तिर आर्थिक मन्दीको असर परेको भन्दै बुटवलमा मात्रै अवस्था नाजुक छ भन्ने भ्रमबाट मुक्त हुनको लागि सबैलाई आग्रह गरेका थिए । बुटवल कृषि उपज थोक बजार केन्द्र अहिले संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको मातहतमा रहेको कारण यसको व्यवस्थापन, व्यवसायीहरुको सम्झौता लगायतका विषयमा समस्या आएको भन्दै संघीय मन्त्रालयबाट कृषि मन्डी बुटवल उपमहानरपालिकाको मातहतमा हस्तानान्तरण गर्नमाग समेत गरे ।
बुटवलका व्यवसायीहरुको बैकल्पीक व्यवस्था नभएसम्मको लागि त्यहाँबाट हटाउने वा नयाँ राख्ने काम नहुने भन्दै उनले बुटवल १५ सेमलार कर्साघाटमा अत्याधुनिक कृषि बजार स्थापनाको लागि नगरले बन मन्त्रालय, भुमि मन्त्रालयको विचमा पहल गर्दै आएको बताए ।
आधुनिक बजार स्थापनाको लागि लगानी सुःनिश्चत भैसकेको लगानीको समस्या नभएको भन्दै मेयरपाण्डेयले यसको लागि जग्गा प्राप्ती र डिपीआरको काम फाईल बन मन्त्रालयमा रहेको भन्दै मन्त्री परिषद्बाट यसको निर्णय हुना साथ काम अगाडी बढाईने बताए । उनले भने–‘वतर्मा उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संग समेत यो विषयमा केही दिन पहिला पनि भेटेर छलफल भएकोछ, जग्गा प्राप्त हुन साथ हामी काम अगाडी बढाउँछौ, मन्त्री परिषद्बाट निर्यायको लागि मैले पहल गरेको छु ।’
बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रा देवी अर्यालले कृषि उपज केन्द्रको समस्या समाधानको लागि धेरै प्रयास भएको बताईन् । उनले संघीय मन्त्रालय बाट कि त बुटवल उपमहानपालिकालाई हस्तानान्तरण हुनु प¥यो, की त राम्रो संग चलाउनु प¥यो भनेर पटक पटक पहल भएको बताईन । उनले विषादी रहित पूर्ण अर्गानिक, जनताको स्वाथ्यमा समेत सहजता हुने प्रकृतिले व्यवसायीहरुलाई फलफुल तथा तरकारी को कारोबार गर्नको लागि आग्रह समेत गरेकी थिईन ।
कार्यक्रममा कृषि व्यवसाय प्रर्वद्धन तथा पुर्वाधार विकास केन्द्र काठमाण्डौका प्रमुख टिकाराम शर्माले कृषि र कृषि व्यवसाय प्रर्वद्धनको लागि ३ वटा तहका विचमा सहकार्य आवश्यक रहेको बताएका थिए । उनले अयात प्रतिस्थापन र निर्यात प्रर्वद्धनको लागि सबैसंग सहकार्य गरेर किसानको पक्षमा काम गर्न संघीय मन्त्रालय तयार रहेको बताएका थिए ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले कृषि जन्य उपज केन्द्र बुटवलमा भएपनि रुपन्देहीका व्यवासायीहरुबाट व्यवसायीक कृषि जन्य उपजको उत्पादन कम हुने गरेको तथ्यांकबाट प्रमाणित भएको भन्दै यसमा व्यवसायी पनि उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । लुृम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिका अध्यक्ष बाबुराम भुषालले पीपी मोडल बाट सुरुवात भएको कृषि बजार केन्द्रको सहज रुपमा नीतिगत व्यवस्थामा कमजोर हुँदा अहिले विना नविकरण व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्था आएको बताए, यसमा सबैले ध्यान दिनुपर्ने बताएका थिए । उपभोक्ता हित संरक्षण मञ्ज बुटवलका अध्यक्ष समुन्द्र जिसी, रुपन्देही व्यापार संघका उपाध्यक्ष दयानीधी भण्डारी, बजार सञ्चाक समितिका सदस्य तथा बुटवल उपमहानरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने, सदस्य सावित्रा रेग्मी लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा उत्कृष्ठ किसानको रुपमा जगदिश पासी र सुदामा कोईरीलाई नगद ३÷३ हजार सहित प्रसंसा पत्रले सम्मान गरिएको थियो ।यस्तै व्यवसायी वजिर शाह, जीवलाल पाण्डे लाई पनि उत्कृष्ट व्यवसायीको रुपमा सम्मान गरिएको थियो । बजार व्यवस्थापन समितिले साधना महिला विद्यालय बुटवल र सुस्तमनःस्थिति बाल विद्या मन्दिरलाई संस्थागत रुपमा आर्थिक सहयोग समेत प्रदान गरेको थियो । यस्तै कर्मचारी श्याकला रेग्मीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।