बुटवल साउन– लुम्बिनी प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतमा रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनलय बुटवलले चालु आर्थिक बर्ष २०८१÷०८२ को कार्यक्रम सार्वजनिकरण गरेको छ । विहिबार निर्देशनालयपरिषरमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयका निमित्त महानिर्देशक डा. प्रवेशसिंह कुँवरले कार्यक्रम सार्वजनिकरण गरे ।
निर्देशनालय मातहतमा रहेका ९ वटा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सहित ३ वटा एकिकृत कृषि तथा पशुपंक्षीकार्यालय, पशु सेवा तालिम केन्द्र, मत्स्य विकास केन्द्र, कुखुरा विकास फार्म र पशुरोग अन्वेश्ण प्रयोगशाला र निर्देशनालय गरी कुल १७ वटा कार्यालयको चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम सर्वजनिक गरेका हुन ।
निमित्त महानिर्देशक डा. कुँवरका अनुसार निर्देशनालयबुटवलको मात्रै ३ करोड ७३ लाख ६३ हजार रुपैयाँ बजेट चालु आर्थिक बर्षमा रहेको छ । जसमा ५लाख ५० हजार पुँजीगत को लागि र चालु खर्चको लागि ३ करोड ६८ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै निर्देशनालय मातहतका १७ वटा कार्यालयहरुको समग्रबजेट ७७ करोड २९ लाख ८९ हजार रुपैयाँ रहेको छ । विगतका बर्षहरुमा भन्दा यो बर्ष प्रदेश सरकारले सबै कार्यालयको बजेट खर्च घटाएको कारण यो बर्ष निर्देशनालय मातहतका कार्यालयहरुको बजेट आकार पनि घटेको छ ।
विनियोजित बजेट मध्ये ६ करोड ६८ लाख ८० हजार रुपैयाँ पुँजीगत खर्चको लागि विनियोजन गरिएको छ भने, चालु खर्चको लािग ७२ करोड ६१ लाख ९ हजार रुपैयाँ विनियोजन गरिएको कार्यालयका नि.महानिर्देशक डा. कुँवरले जानकारी दिए ।
निर्देशनालय बुटवलले मात्रै यो बर्ष विभिन्न शिर्षकका ३५ वटा कार्यक्रम राखेको छ । कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका बरिष्ठ मत्स्य विकास अधिकृत रिम बहादुर थापा, विरेन्द्र चौधरी, बरिष्ठ पशुचिकित्सक लोकराज भुषाल, पशुसेवा अधिकृत ऐश्वर्य आचार्य, नरेन्द्र पौडेल, पशु सेवा अधिकृत सोभाखर खनाल लगायतको उपस्थिति रहेको थियो ।