बुटवल,साउन- लुम्बिनी प्रदेशको कृषि मन्त्री मा गुल्मीका दिनेश पन्थीले जिम्मेबारी पाएका छन् । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयमा जिम्मेबारी पन्थी ले पाएका हुन । प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले कार्यविभाजन गर्दे ८ जना विना विभागयि मन्त्रीलाई जिम्मेबारी दिएका हुन । जस अनुसार मुख्यमन्त्री आचार्यले कांग्रेसका तर्फबाट मन्त्री बनेका गुल्मीका धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्री, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी र उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्ड विक्रम न्यौपानेले जिम्मेवारी पाएका छन् ।
यसैगरी रुपन्देहीबाट एमालेका भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार विकास मन्त्री, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएकी छन् ।
मुख्यमन्त्री आचार्यले सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् ।
बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री अझै पठाउन सकेको छैन । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट ४ जना गरी ९ जनालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।