पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रगति ७१ प्रतिशत बढि

बुटवल, साउन । पशुपंक्षी निर्देशनालयको प्रगति ७१ प्रतिशत हासिल गर्न सफल भएको छ । कार्यालय र मातहतका कार्यालयहरुको समेत जोडेर खुदबजेटको आधारमा वित्तिय प्रगतिः ७१.९३ % प्रगति हासिल गर्न सफल भएको हो ।

लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आर्थिक बर्ष २०८०/०८१ को समिक्षा गोष्ठी मा निर्देशक डा. प्रवेश सिंह कुँवरले उक्त प्रगति हासिल गर्न सफल भएको बताएका हुन ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव डा. नम्रता सिंहले कृषि तथा पशुपालन क्षेत्रमा प्रदेश सरकारले लिएको लक्ष्य अनुसारको योजनाबद्ध विकासमा मन्त्रालय लागेको बताएकी थिईन् ।

उनले सरकारले लिएको नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भए अनुसारको आशातित प्रतिफल प्राप्त गर्नको लागि सबै मातहतका कार्यालयहरुले महत्पूर्ण भुमिका खेल्नुपर्ने बताएकी थिईन ।
कार्यक्रममा लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय का निर्देशक डा. प्रवेश सिंह कुँवरले गत आर्थिक बर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक बर्षमा मातहतका कार्यालयहरुले गर्नुपर्ने दायित्वको विषयमा प्रकाश पारेका थिए ।

समिक्षा गोष्ठीमा प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका महाशाखा प्रमुख सन्देश धिताल, घनश्याम चौधरी, संघीय कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका संघीय कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका बरिष्ठ पसुविकास अधिकृत जिवलाल पौडेल लगायतको आतिथ्यता रहेको थियो । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय अन्र्तगतका जिल्ला स्थिति भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कुखुरा विकास फार्म, पशुसेवा तालिम केन्द्र, एकिकृत कार्यालय, पशुरोग अन्वेशषण प्रयोगशाला, मत्स्य विकास फार्म लगायतका १७ वटा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । जसमा कार्यालयको प्रगति प्रतिवेदन लगायतका विषयमा आ–आफ्नो कार्यालयको प्रस्तुती राख्ने कार्यक्रम जारीरहेको निर्देशनालयका बरिष्ठ पशु चिकित्सक लोकराज भुषालले जानकारी दिए ।

 

© 2025 krishipatra All right reserved