बुटवल, साउन- पाल्पाको तिनाउँ गाउँपालिका का किसानले रोपेको धान खेतमा धानको काँडादार खपटे हिस्पा देखिएको छ । यो वयस्क खपटे किरा निलो–कालो रङको काँडादार पखेटा भएको हुन्छ । यसले नोक्सान पुर्याएको पातमा सेता धर्साहरु र सेता धब्बाहरु देखिन्छन । धेरै आक्रमण भएको खण्डमा पुरै खेतको रङ हल्का सेतो रङको देखिन्छ ।
यसरी खपटे किरा देखिएपछि गाउँपालिका कृषि शाखा प्रमुख र कृषि प्राविधिकको संयुक्त टोलीले अनुगमन तथा निरिक्षण गरेको छ । गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधि टंकनाथ बस्यालका अनुसार किसानको समस्यालाई लिएर अनुगमन तथा निरिक्षण गरिएको हो ।
कृषि प्राविधिक विरेन्द्र प्रसाद साहकानुका अनुसार बेर्नाको पातको टुप्पोमा देखिएको फूलहरुलाई पातको टुप्पो चुडेर नष्ट गर्ने गर्नुपर्दछ । यस्तै व्याडमा टम्म पानी जमाएर पानीमा उत्रेका खपटेलाई जम्मा गरी नष्ट गर्ने, प्रकोप बढी भएमा सम्पर्क विषादी क्लोरपाइरिफस २०% इ सी १.२५ मिलि प्रति लि वा मालाथियन ५०% इ सी १.५ मिलि प्रति लिटर पानीमा मिसाई छर्ने गर्र्नुपर्दछ । विषादी छर्दा खेरि वरिपरिका सबै खेतहरुमा सँगसँगै छर्न पर्ने हुन्छ नत्र किरा एक खेतबाट अर्को खेतमा सर्ने खतरा हुने प्राविधिक कानूले जानकारी दिए ।
पालिकाको कृषि शाखा प्रमुख हेमन्त कुमार शर्माका अनुसार कृषि प्राविधिक खेत खेतमा खटिएर किसानहरूको समस्या समाधान का लागि सेवा प्रदान गरिएको हो । विहिबार तिनाउ ३ का किसानको खेतमा अनुगमन तथा निरिक्षण गरिएको छ ।
धानको काँडादार खपटे हिस्पा (राई हिप्सा ) भनिन्छ । तिनाउ गाउँपालिका विभिन्न क्षेत्रमा धानको काँडादार खपटे हिस्पा देखिएको छ । यो वयस्क खपटे किरा निलो–कालो रङको काँडादार पखेटा भएको हुन्छ। यसले नोक्सान पुर्याएको पातमा सेता धर्साहरु र सेता धब्बाहरु देखिन्छन्। धेरै आक्रमण भएको खण्डमा पुरै खेतको रङ हल्का सेतो रङको देखिन्छ ।
यस्तैपालिकामा धानको पात बेरुवा देखा परेको छ । पातेबेरुमा हल्का खैरो रंगको वयस्क पुतलि देखिन्छ। पखेटामा दुईवटा बांगा टिंगा धर्साहरु हुन्छ। लार्भा हल्का हरियो रंगको देखिन्छन्।
क्षतिको लक्षण:- पातलाई बेरेर भित्र पट्टि बसी पातको हरियो पदार्थ (chlorophylls) खाई दिन्छन्। पातमा सेतो जाली देखा पर्दछ। पछि पात सुकेर जान्छ। यसको नियन्त्रणको लागि गोलमेल राम्रो तवरले गरेर झारपात हटाउने, उचित मात्रामा नाईट्रोजन युक्त मलको प्रयोग गर्ने बढी नहाने, काँडेदार डोरी लिई दुबै छेउमा समातेर खेतवारीको दुई छेउमा बस्ने र धानलाई पानीमा छुवाएर क्रमस विपरित दिशा तिर जाने लगायतका उपाय अपनाउन सकिने पालिकाका कृषि प्राविधिक विरेन्द्र प्रसाद साहकानु बताए ।
यसो गर्दा पातमा रहेको लार्भाहरु पानीमा खरेर नष्ट हुन्छन् । प्रकोप बढी भएमा अन्तिम विकल्पको रूपमा रसायनिक बिषादीको रुपमा क्लोरपाईरिफस २० % ईसी ,विषादी १.५ एमएल प्रति लिटर पानीको दरले वा कारटाप हाइड्रोक्लोरसइड ४% जिआर बिषादी १ एमएल प्रति लिटर पानीमा वा लाम्डासहोइलोथ्रिन ५% ईसी विषादी प्रति लिटर पानीमा वा अजाडीराक्टिन ०.१५% विषादी ३ एमल प्रति लिटर पानीमा मिसाएर १२ दिनको फरकमा २ पटक छर्नुपर्दछ ।