
बुटवल, असार ।
जलवायु मैत्री कृषि , धान उत्पादनमा वृद्धि’’ २१ औं राष्ट्रिय धान दिवस, २०८१ रुपन्देहीमा पनि मनाइएको छ । बुटवल उपमहानरपालिका वडा नम्बर १८ मा राष्ट्रिय धान दिवसको अवसारमा रोपाईं महोत्सव गरिएको हो । स्थानीय दुबैली आमा समुहको संमन्वयमा बुटवल उपमहानरपालिका कृषि विकास शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । रोपाईं महोत्सव कार्यक्रममा बोल्दै बुटवलउपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले कृषि नै सबैभन्दा ठुलो महत्पूर्ण पेशा भएको कारण यलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्ने बताएका थिए । उनले कृषिको विकास, समुत्थानको लागि नगरपालिकाले योजनाबद्ध विकासको रुपमा काम अगाडी बढाएको भन्दै बुटवलका ११ देखि १९ वटा सम्म को कृषि योग्य भूमिको समुचित विकासको लागि नगरपालिकाले विशेष ध्यान दिएको बताएका थिए ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख सावित्रादेवी अर्यालले कृषि नै महत्पूर्ण धन भएको भन्दै किसान बाचे देश बाच्ने बताएकीथिईन । कार्यक्रममा नगरपापलिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, सूचना अधिकारी तुल्सा अर्याल, नगर प्रवक्ता तथा बुटवल १५ का वडा अध्यक्ष शिव राना, नरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसी लगायतल बुटवलका सबै वडाका वडा अध्यक्ष, सदस्य तथा कार्यापालिका सदस्यहरुको सहभागीता रहेको थियो । सोही रोपाई महोत्सवमा स्थानीय थारु समुदायको साँस्कृति प्रस्तुती, दुबैली आमा समुहको प्रस्तुती रहेको थियो । पञ्चेबाजाको तालमा िस्थानीय व्याक्तिव, अतिथि तथा सहभागीहरुले रोपाई गरेर महोत्सव मनाइएको हो ।
सोही अवसरमा सहभागी र अतिथिहरुलाई दही चिउरा समेत भोजन गराइएको नगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिए ।