रुरुका किसानलाई उखु क्रसकटिंग तालिम

बुटवल, असार
जिल्ला घरेलु तथा साना उद्योग कार्यालय गुल्मिकाे आयाेजना तथा रुरुक्षेत्र गाउपालिकाकाे संमन्वयमा पालिकाका उखु किसानलाई क्रस कटिंग तथा प्याकेजिंग सम्बन्धित तालिम प्रदान गरिएकाे छ ।
तालिम काे समुद्घाटन गर्दे रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली ले पालिकाले उखु लाई ब्रान्डकाे रुपमा विकास गर्ने गरि याेजना बनाएकाे बताएका थिए। उनले निकट भविष्यमा पालिकाले याेजना नै बनाएर उखु किसान लाई मुख्य प्रथमिकतामा राखेर काम गर्ने याेजना बनाएकाे बताएका थिए ।
तालिममा प्रमाणपत्र बितरण गर्दै अध्यक्ष ज्ञवाली ले सिकेको सीप लाई ब्यवहार मा लागू गर्नु पर्ने मा जाेड दिएका थिए । उनले सिकेकेकाे सिपलाई व्यहारमा लागू गरि उद्यमशिलता विकास गर्नु पर्ने बताएका थिए ।
कार्यक्रम मा जिल्ला घरेलु तथा साना उद्योग कार्यलय गुल्मिका प्रमुख जीवन घिमिरेले आगामि दिनमा पनि किसानलाई व्यवसायिक बनाउनकाे लागि पहल गर्ने बताएका थिए ।
कार्यक्रममा रुरुक्षेत्र गाउपालिकाका वडा नम्बर ३ का अध्यक्ष शेषनारायण पाैडेलफ पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे लगायतका ब्याक्तिहरुले आ आफ्नाे भनाई राखेका थिए ।
तालिममा सहभागी किसानलाई प्रमाणपत्र समेत बितरण गरिएकाे थियाे ।

© 2025 krishipatra All right reserved