दुग्ध विकास संस्थानद्धारा दुग्धजन्य पदार्थको बजारीकरणबारे अन्तरक्रिया

बुटवल, असार । दुग्ध विकास संस्थान, लुम्बिनी वितरण आयोजना बुटवल को आयोजनामा कच्चा दुध तथा मख्खन र एस.एम.पी पाउडर विक्रि सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आयोजना कार्यालय परिषर बुटवल औद्योगीक क्षेत्रमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा रुपन्देहीका विभिनन क्षेत्रमा डेरी व्यवसायीहरुको सहभागीता रहेको थियो ।


अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोजनाका बजार व्यवस्थापन तथा विक्रि शाखा प्रमुख ऐयुब अली खान ले रुपन्देहीका डेरी व्यवसायीहरुलाई दुध र दुग्जजन्य बस्तु डिलरको दरभाउमा फ्रि होम डेलिभरी समेत दिने गरी काम अगाडी बढाएको गराएका थिए । उनले गुणस्तरिय दुध र दुग्धजन्य पदार्थको विक्रि वितरणमा डिडिसी सदैभ सचेत रहेको भन्दै यसको लागि गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष रामकृष्ण शर्माले निकै लामो समय पछि डिडिसीले डेरी व्यवसायीलाई सम्झीएको भन्दै उनले धन्यावाद समेत दिए । तर बजार मुल्य भन्दा बढि मुल्य निर्धारण गरेर डेरी व्यवसायीहरुले डिडिसीको दुग्धजन्य बस्तु खरिद गर्न नसक्ने भन्दै यसमा मुल्य समायोजन गर्नुपर्ने बताएका थिए ।


रुपन्देही डेरी व्यवसायी समितिका पुर्व अध्यक्ष तथा सल्लाहकार गणेशसिंह भण्डारीले सरकारी स्वामित्वमा रहेका दुग्ध विकास संस्थाले गुणस्तरीयतामा विशेष ख्याल गर्दै सोही अनुसार योजना बनाएर लाग्नुपर्ने बताएका थिए । उनले व्यवसायीहरु डिडिसीका पोड्क्ट खरिद गरेर बजारीकरण गर्न तयार रहेको तर यसको लागि नियमित दिन सक्ने प्रतिवद्धता हुनुपर्ने बताएका थिए । यस्त डेरी व्यवसायीहरु संजोग श्रेष्ठ, प्रकाश देवकोटा, जिवलाल न्यौपाने, कृष्ण प्रसाद उपाध्याय, दिपक खनाल लगायतले व्यवसायीहरुको धारणा राख्दै संस्थानबाट दुध र दुग्धजन्य बस्तु खरिद गरी बजारीकरण गर्ने व्यवसायीहरुले अन्य नीजी उद्योगहरु भन्दा सहुलियत पाउनुपर्ने, समयमा नै उपलब्धता हुनुपर्ने, गुणस्तरियतामा विशेष ख्याल गर्नुपर्ने लगायतको विषयमा जोड दिएका थिए ।


कार्यक्रममा बोल्दै दुग्ध विकास संस्था लुम्बिनी वितरण आयोजना प्रमुख योगेन्द्र शाहले रुपन्देहीका डेरी व्यिवसायीहरुले अन्य सहकारी संघ संस्था बाट दुध खरिद गरे पनि दैनिक एक एक क्यान दुध डिडिसीको खरिद गरेर सहयोग गरिदिन आग्रह गरेका थिए । उनले दुध र दुग्धजन्य बस्तुको गुणस्तरियतामा कुनै पनि सम्झौता नगरिने ग्यारेन्टी दिन आफु तयार रहेको भन्दै यसको लागि सबै व्यवसायीहरुले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

© 2025 krishipatra All right reserved