बुटवल, असार ।
बुटवल उपमहानरपालिकाको आर्थिक बर्ष २०८१/८2 को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
नगर प्रमुख खेलराज पाण्डेय द्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आधुनिक पशु बधशालाको मासु उपभोग तथा बिक्री गर्ने मासु पसल, होटल, रेष्टुरेण्ट र अन्य व्यवसायलाई प्रोत्साहनको नीति लिने र पशु बधशालाभन्दा बाहिर खसीबोका बध गर्ने कार्यलाई कानुनबमोजिम रोक लगाउने नीति तथा कार्यक्रममा उल्लेख छ । पशु बधशालाको सेवा विस्तार तथा सेवा प्रवद्र्धनका लागि विपन्न वर्गका व्यवसायीलाई स्वच्छ मासु बिक्री केन्द्र स्थापनाका लागि अनुदान उपलब्ध गराउने भनिएको छ ।
छाडा चौपाया व्यवस्थापनका लागि शिवनगरमा रहेको गौशालालाई थप व्यवस्थित गर्ने र नगरभित्र अर्को गौशाला स्थापना गर्ने तथा प्रदेशभरका छाडा चौपाया व्यवस्थापनका लागि गाई राष्ट्रिय निकुञ्ज स्थापनामा पहल गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।
कृषि तथा पशुपंक्षी
कृषिमा उत्पादकको मागः नगरको साथ, कृषि विकास, “के पाइन्छ होइन, के चाहिन्छ” भन्ने नीति अवलम्बन गरिने छ ।
कृषि बाली उत्पादन गरिरहेका जग्गा, बाँझो जग्गा तथा कृषि योग्य जग्गाको अधिकतम सदुपयोग गरी नविनतम कृषि प्रविधिको हस्तान्तरण, व्यवसायीकरण सहित कृषि उत्पादन उत्पादकत्व वृद्धिका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
कृषि पेशालाई मर्यादित पेशाको रुपमा अगाडि बढाउँदै मागमा आधारित, उत्पादनमा आधारित प्रोत्साहन तथा अनुदान कार्यक्रम मार्फत् खाद्य सुरक्षा तथा हरियाली प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गरिने छ ।
सहरी क्षेत्रमा स्वस्थ बाली उत्पादन कार्यक्रमका लागि कोशी, करेसाबारी, पुष्प खेती तथा जैविक मल उत्पादन प्रशोधन बजारीकरणका कार्यक्रम सञ्चालनमा प्रोत्साहन गरिनेछ ।
कृषक, कृषक समूह तथा अन्य सघसंस्थाको समन्वय तथा एक बाली उत्पादन पकेट विकास कार्यक्रम सञ्चालन मार्फत कृषि बनाईने छ ।
कृषक, कृषक समूह, सहकारीहरुलाई कृषिमा आर्कषित गर्न प्राङ्गारिक खेतीका लागि जैविक मल, खाद्यान्न बालीको प्रजनन, मूल तथा उन्नत
बीउको खरीद मूल्यमा अनुदान र जग्गा भाडामा लिई कृषि कार्य गर्नेलाई जग्गा भाडामा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।
उत्पादित कृषि वस्तुको संकलन, प्रशोधन, सञ्चय र ढुवानी आदि कार्य गर्ने कार्यका लागि प्रदेश र संघ सरकारको सहकार्यमा कृषि थोक एवं
हाट बजार स्थापना, व्यवस्थापन गर्न आवश्यक सहयोग तथा सहजीकरण गरिने छ ।
कृषि योग्य भूमि तथा सावर्जनिक जग्गालाई कृषि जन्य उत्पादन प्रयोगमा ल्याउन बोरिङ्ग, उचित सिंचाई व्यवस्थापन, माटो जाँच, बाली उपचार शिविर सञ्चालन तथा सुहाउँदो बाली क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरिनेछ ।
बुटवल – १५ सेमलारमा आधुनिक कृषि उपज संकलन केन्द्र निर्माण गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरिने छ ।
विदेशबाट फर्किएर कृषि पेशालाई मूल पेशा बनाएका किसानहरुलाई प्रोत्साहन गर्न सम्मान गरिनेछ । विपन्न वर्गका किसानलाई आधुनिक उपकरण तथा हातेट्याक्टर खरिदमा प्रोत्साहन गरिनेछ ।
रेबिज रोग नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण तथा घरपालुवा कुकुरहरुको अभिलेखीकरण गरी आवश्यक व्यवस्था गरिनेछ ।
पशुपंक्षी विकासमा पशु स्वास्थ्य कार्यक्रम र पशुनश्ल सुधार कार्यक्रमलाई निरन्तरता दिइनेछ । २१६. पशुपंक्षी पालन कृषक पहिचान तथा पशुपंक्षीजन्य तथ्यांक संकलन र निरन्तर अध्यावधिक गरिने छ ।
बुटवललाई दुग्ध उत्पादनमा अग्रणी बनाउन किसानहरुलाई अनुदानमा भैसीका पाडी तथा गाई वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
नगरभित्र मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न बाँदर, बँदेल, नीलगाईलगायतको नियन्त्रण तथा व्यवस्थापनमा जोड दिइनेछ । घाइते भएका पशु तथा वन्यजन्तुको उपचारका लागि उपचार केन्द्र स्थापना गर्न पहल गरिनेछ ।
पशु बधशालाको सेवा विस्तार तथा सेवा प्रवद्र्धनका लागि विपन्न वर्गका व्यवसायीलाई स्वच्छ मासु बिक्री केन्द्र स्थापनाका लागि अनुदान उपलब्ध गराउने नीति लिइनेछ ।
पुरा नीति तथा कार्यक्रम पढ्न यहाँ क्लिक गर्नुहोला ।
Unicode Ntiti 081