बुटवल, जेठ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को बजेट सार्वजनिक गरेको छ । शनिबार प्रदेश स्थायी राजधानी दाङमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट सार्वजनिक गरेका हुन । जस अनुसार कृषि क्षेत्रमा हाल अर्गानिक जिल्लाको घोषणा गरिएको रुकुम पुर्व जिल्ला जस्तै अन्य जिल्ला पनि विस्तार गरिने कार्यक्रम समेटिएका छन् ।
यस्तै नीति तथा कार्यक्रममा समावेश गरिएको प्रदेशका दुई वटा पहाडी जिल्ला अर्घाखाँची र गुल्मी जिल्ला लाई खोरेत रोग मुक्त जिल्ला घोषणा गर्नको लागि समेत बजेट विनियोजन गरिएको छ । किसानको हात प्रदेश सरकारको साथ नारालाई अगाडी बढाउनको लागि १०करोड २० लाख बजेट विनियोजन गरेका छन् ।
यतै बाली सगन वृद्धिका लागि ६ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै प्रदेशमा माटोमा प्रांगारिक पदार्थ बृद्धिका, माटो व्यवस्थपनको लागि दीर्घकालिन कार्यक्रमको लागि समेत आवश्यक बजेट विनियोजन गरिएको छ । कृषि पशुंक्षी विकासको कार्यक्रमको लागि ७ करोड, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम निरन्तरता दिएको छ । दुग्धजन्य पादर्थ निर्यातको लागि ६ करोड १० लाख विनियोजन गरिएको छ । प्रकृति प्रकोपबाट प्रभावित किसानको लागि बाली बस्तुमा आक्सीम रोगकिराको व्यवस्थापनको लागि १ करोड १३ लाख बजेट व्यवस्थापन गरिएको छ ।
प्रविधि हस्तान्तरण बाली सुविधा प्राविधिक सेवा प्रविधि प्रर्दशनी, कृषक तालिम, भेटघाट कार्यक्रम स्थानीय तहको लागि १२ करोड ४० लाख बजेट व्यवस्था गरिएको छ । स्थानीय तहमा कार्यरत प्रदेश सरकारका प्राविधिक कर्मचारीलाई निरन्तरता दिइएको छ । गुल्मी र अर्घाखाँची खोरेत रोग मुक्त बनाउनको लागि ३ करोड ३० लाख विनियोजन गरिएको छ । यस्तै पशुमा कृत्रिम गर्भाधान, नश्ल सुधारको लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । बीउ, विरुवा, नश्ल सुधार र व्यवस्थापन, बीउ आत्र्मनिभर कार्यक्रम सुरु गर्नेको लागि सरकारी स्रोत केन्द्रको लागि बजेट विनियोजन गरिएको छ ।