प्रदेश बीउ बिजन ऐनको विषयमा बुटवलमा छलफल

बुटवल, जेठ-  बीउ बिजन  प्रयोगशाला भैरहवाको आयोजानमा सरोकारवाला विचमा अन्तरक्रिया गरिएको छ । प्रदेश सरकारले यो भन्दा पहिला जारी गरेको प्रदेश बीउ बीजन ऐन खारेज भई नयाँ जारी हुने क्रममा रहेको प्रदेश बीउबीजन ऐन २० ८१ को मस्यौदाको विषयमा बुटवलमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।


संघीय बीउ विजन ऐन नआउँदै प्रदेश सरकारले वि.स. २०७६ सालमा ‘प्रदेश नम्बर ५ बीउ विजन ऐन २०७५’ जारी गरेको थियो । यद्यपी संघीय सरकारले हालै मात्रै बीउ विजन ऐन ल्याएको कारण प्रदेशका नयाँ ऐन निर्माणको क्रममा रहेको छ ।
सोही अनुसार उक्त ऐनमा समेट्नुपर्ने विषयबस्तुको बारेमा सरोकारवाला निकायको विचमा छलफल गरिएको हो । प्रदेशका बीउ विजन संग सम्बन्धीत सरोाकारवाला कार्यालय, प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रलाय, निर्देशनालय, जिल्ला स्थिति कार्यालय र बीउ बीजन व्यवसायी, कम्पनी तथा किसानको सहभागीतामा बुटवलमा छलफल कार्यक्रम गरिएको हो ।


कर्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले बीउको गुणस्तरियतामा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै संमन्वय प्रमुख चपागाईंले आफु समेत प्राविधिक भएको भन्दै बीउको गुणस्तरियता कायम गर्न नसक्दा त्यसले किसानको उत्पादन र उत्पादकत्वमा ठुलो फरक पार्ने बताएका थिए ।
बीउ विजन उत्पादन गर्ने कम्पनीहरु बीउको गुणस्तरियताको विषयमा गम्भिर बन्न आवश्यक रहेको भन्दै उनले यसको लागि सरकारी निकायले अनुगमन तथा मुल्यांकनको पाटोलाई दरिलो बनाउनुपर्नेमा जोड दिए ।
पुर्व कर्मचारीहरुले आफ्नो अनुभवको आधारमा बीउ उत्पादन गर्न पाउने गरी लाईसेन्स पाउनुपर्ने भन्ने मागको विषयमा उनले कर्मचारी हुँदा किसानले बीउको प्रमाणीकरण तथा गुणस्तरमा पाएको दुख नर्विसनको लागि समेत आग्रह गरे । उनले कतिपय प्राविधिकहरुले सिफारिस गरेको बीउ किसानले रोप्दा उत्पादकन नै नभएको अवस्था आएको भन्दै बीउ जस्तो संबेनशिल कुरामा गम्भिर नभएर यसले विकराल रुप लिने बताएका थिए ।
भारतीय विउको सट्टा स्थानीय तह तथा बीउ अनुदानमा उपलब्ध गराउने नीकायहरुले नेपाली स्वदेशी बीउलाई प्रथमिकता दिएर वितरण गर्नुपर्ने, स्वदेशी बीउ लाई उच्च प्रथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
नेपालमा अहिले पनि चोरी निकासी भई नेपालमा सूचीकृत नभएका भारतीय बीउ पाउने गरेको भन्दै उनले त्यसलाई रोक्नको लागि सबैले आ आफ्नो निकायबाट ध्यान दिनुपर्ने बताएका थिए । नेपाल जात लाई प्रोमेट गर्नुको सट्टा स्थानीय निकाय तथा भारतीय सूचीकृत नभएका जात लार्य बाढ्ने गरेको पाइएको भन्दै संमन्वय प्रमुख चपाईले यसमा गम्भिरता भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख बाली संरक्षण निर्देशक घनश्याम चौधरीले खाद्य सुरक्षामा बीउको महत्पूर्ण भुमिका हुने भन्दै यसको लागि सबैले साथ र सहयोगबाट नै प्रदेशमा स्वच्छ गुणस्तरिय बीउको उत्पादन र प्रर्वद्धन गर्न सकिने बताएका थिए । प्रदेशमा बीउ विजन आपूर्तीका लागि सोही प्रकृतिको व्यवस्था आवश्यक रहेको भन्दै उनले अव बन्न लागेको ऐन को विषयमा सरोकारवाला निकायको बीचमा छलफल गरिएको र आगामी दिनमा अझै बढि छलफल गरेर मात्रै सदनमा पेश गरी ऐन जारी हुने जानकारी दिए । अहिले मस्यौदाको रुपमा रहेको विधेयकलाई मुर्तरुप दिनको लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाई रहेको थियो ।


कार्यक्रममा बीउ बीजन प्रयोगशाला खजुरा बाँकेका प्रमुख दिपक सापकोटाले बालीको प्रजन्नको कुरा, कृषि बाली समावेश गर्ने कुरा, अन्य बालीहरु कपास वाली, च्याउ बाली, पुष्पबाली लगायतयका बीउको विषय पनि नयाँ बन्ने ऐनमा समाबेश गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बीउ बीजन प्रयोगशाला भैरहवाले गरेका विभिन्न गतिबिधीहरुको विषयमामा नि. कार्यालय प्रमुख शालीकराम गौतमले प्रस्तुतीकरण गरेका थिए । यस्तै लुम्बिनी प्रदेशको प्रस्तावित बीउ बिजन ऐन २०८१ को विषयमा पनि कार्यपत्र प्रस्तुत गर्दै उनले सोही अनुसारको विभिन्न विषयमा छलफल र संसोधन आवश्यक रहेको कारण छलफल गरिएको बताएका थिए ।

© 2024 krishipatra All right reserved