डिडिसीको मोही बजारमा

बुटवल, जेठ । नीजि स्ततरबाट मही उत्पादन संगै सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था (डिडिसी) लुम्बिनी दुग्ध वितरण आयोजना बुटवलले पनि महिको व्यवसायीक उत्पादन सुरु गरेको छ ।
विश्व दुध दिवसको अवसरमा लुम्बिनी दुग्ध वितरण आयोजना बुटवलले नयाँ स्वादमा महि उत्पादन गरी बजारमा ल्याएको हो । ५ सय एमएल को प्लाष्टिक प्याकेटमा सुरुवात भएको मही को उपभोक्ता बजार मुल्य ३५ रुपैयाँ राखीएको छ । डिडिसी लुम्बिनी वितरण आयोजना बुटवलका बजार व्यवस्थापन तथा विक्रि शाखा प्रमुख ऐयुब अली खान का अनुसार विश्व दुध दिवसको अवसर पारेर नयाँ उत्पादन बजारमा ल्याइएको हो ।
यो भन्दा पहिला डिडिसीले लस्सी, फ्रेस मिल्क लगायतका नयाँ पोड्क्ट बजारमा ल्याएको थियो । यो पटक बजार माग अनुसार उपभोक्ताकोलागि स्वर्थबर्दद्धक समेत हुने ‘डिडिसी मही’ बजारमा ल्याइएको बजार व्यवस्थापन तथा विक्रि शाखा प्रमुख खानको भनाई रहेको छ । 
दैनिक ५ सय पोका मही उत्पादन हुँदै आएकोमा त्यसलाई विस्तार गर्दै लैजाने योजना रहेको रहेको छ । उनका अनुसार पहिलो दिन ५ सय, दोस्रो दिन ६ सय पोका (आधालिटर)को मही उत्पादन गरिएको छ ।

डिडिसीका डिलर मार्फत उपभोक्ताहरुलाई नियमित रुपमा मही उपलब्ध गराउने गरी काम भैरहेको बजार व्यवस्थापन तथा विक्रि शाखा प्रमुख ऐयुब अली बताउँछन् । उनका अनुुसार डिडिसीको उत्पादन मही संगै, रसवरी, फ्रेस मिल्क, दुध, लस्सी सहितका विभिन्न दुग्धजन्य उत्पादन बुटवल देखि पश्चिम रुट चन्द्रौटा, भालुवाङ्ग, लमही, तुलसीपुर दाङमा जानेगरेको छ ।

भने पुर्वमा चितवन सम्म, उत्तरमा पाल्पा हुँदै स्याङ्जा देखि पोखरा सम्म वितरण हुँदै आएको छ । रुपन्देही, कपिलवस्तु जिल्लामा समेत यसको उत्पादन बजारीकरण हुँदै आएको हो ।


डिडिसी लुम्बिनी वितरण आयोजनाले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत मानवसेवा आश्रम लगायतका विभिन्न आश्रमममा नियमित रुपमा सहयोग गर्दै आएको छ । डिडिसीको टोलीले दुग्धजन्य पदार्थको प्रोत्सहनको लागि लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिरलाई भेटेर आफ्नो उत्पादनको विषयमा जानकारी गराएको छ ।

 

© 2025 krishipatra All right reserved