विश्व दुध दिवसमा मानवसेवा आश्रममा सहयोग

बुटवल, जेठ – विश्व दुध दिवस २०२४को अवसरमा दुध तथा दुग्ध पदार्थ को सेवन दुग्ध ब्यबसायको प्रर्वधन भन्ने नाराका मनाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रूपन्देही र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय रूपन्देहीको आयोजनामा तिलोत्तमा ६ पश्चिम पहुनीमा रहेको मानव सेवा आश्रममा दुग्धजन्य बस्तु वितरण तथा खाद्यान्न र फलफुल प्रान गरिएको हो ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तर्फबाट दुध तथा दुग्धजन्य पदार्थ र खाद्यान्न फलफूल बितरण र निर्देशनालय बाट १ छाक भोजनको कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बिज्ञ केन्द्र प्रमुख दिपक भुसालको अध्यक्षता एवं जिल्ला समन्वय प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यता, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. प्रवेशसिह कुवर को विशेष आतिथ्यता कार्यक्रम गरिएको हो । कार्यक्रम टूकराज न्यौपानेले संचालनमा भएको थियो ।

© 2025 krishipatra All right reserved