
बुटवल, जेठ
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाको आयोजनामा पशु चौपायमा गरिने कृत्रिम गर्भाधान सम्बन्धी सरोकारवाला निकायको विचमा अन्तरक्रिया गरिएको छ ।
भैरहवामा आयोजना गरिएको कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले कृत्रिम गर्भाधान बाट पशु चौपायको नश्ल सुधारको साथै उत्पादकत्व बृद्धि हुने भएको कारण यसमा सबैले पूर्णरुपमा सावधानीपुर्वक गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवामा प्रमुख दिपक भुषाल ले प्रदेश सरकारलेल्याएको निःशुल्क कृत्रिम गर्भाधानको विषयमा जानकारी दिदै सोही अनुसार कार्यविधी बनाएर लैजाने कुरा जानकारी गराएकाथिए ।
कार्यक्रममा रुपन्देही जिल्लाका १६ वटा पालिकाका पशु विकास शाखा प्रमुख तथा प्रतिनिधीहरु, नीजी स्तरका कृत्रिम गर्भाधान गराउने तालिम प्राप्त पशु प्राविधिकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वाथ्य प्राविधिक टुकराज न्यौपानले सहजीकरण गरेका थिए । कार्यक्रममा मत्स्य विकास अधिकृत रुची श्रीवास्तव लगायतको सहभागीता थियो ।