प्राविधिकलाई पशुपंक्षी तथा मत्स्य तथ्यांक अभिमुखिकरण

बुटवल जेठ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजनामा स्थानीय तहमा प्राविधिकहरुसंग पशुपंक्षी तथा मत्स्य तथ्यांक सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक डा. प्रवेशसिंह कुँवरले कृषि तथा पशुपंक्षीको योजना निर्माण देखि लिएर कार्यान्वयन सम्ममा तथ्यांकको महत्पूर्ण भुमिका हुने भन्दै सोही अनुसार गम्भिरताको साथ लाग्नुपर्ने बताएका थिए । उनले जुन सुकै योजना बनाउनको लागि, आगमी योजनाकोविषयमा निर्णय लिन र योजना पश्चात हुने प्रतिफलको लागि पनि तथ्यांकको महत्वपूर्ण भुमिका हुने बताएका थिए ।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत दिपक भुषालले तथ्यांक तथ्यमा आधारित हुनुपर्ने भन्दै जिल्लाका १६ वटै पालिकाका पुशस्वाथ्य प्राविधिकहरुलाई पालिकाको डाटा अपटुडेट राख्नुपर्नेमा सुझाएका थिए । उनले यसको लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकारले समेत तथ्यांकको व्यवस्थीतिकरणको लागि लगानी गर्नूपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहजीकरण गर्दै उनले तथ्यांकको सहि संकलन, सहि प्रयोग बाट मात्रै प्रतिफल प्राप्त हुने बताएका थिए ।
कार्यक्रममा पशु चिकित्सक टुकराज न्यौपाने, मत्स्य विकास अधिकृत रुची श्रीवास्तव लगायतले सहजीकरण गरेका थिए ।
जिल्लाका १६ वटा पालिकाका पशु विकास शाखा का प्रमुख तथा प्राविधिकहरुको सहभागीता रहेको थियो ।

 

© 2025 krishipatra All right reserved