
बुटवल, जेठ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग इकाई, बुटवलले उप–आयोजनाका अनुदानग्राहीबीच समिक्षा तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशलालयका निर्देशक डा.प्रवेश सिंह कुँवरले किसानहरुलाई खुला सिमाना वषौँदेखि चुनौतिका रुपमा रहेको बताए । आफ्नो कार्यक्षेत्र भित्र नपरेपनि प्रहरी प्रशासनसँगको समन्वयमा अबैध आयात रोक्न पहल गर्दैआएको बताउँदै सिमा नाकाहरुमा थप कडाई गर्न आबश्यक रहेकोमा जोड दिए ।
पछिल्लो समय प्रहरी प्रशासनको सक्रियताले भारतबाट हुने कर्षिजन्य बस्तु, तरकारी, दुध र मासुको आयातमा कमी आएको र जसले गर्दा यहाँका किसानहरुले राम्रो मुल्य पाएको बताए । बजारको माग अनुसारको कृर्षिजन्य बस्तु उत्पादन र बनारीकरण गर्न सकेमा मात्र किसानले फाइदा लिनसक्ने निर्देशक डा.कुँवरले बताए । यो आयोजना आगामी असारमा सकिएपनि प्रदेश सरकारमार्फत् किसानहरुलाई आबश्यक सहयोग र सहजिकरण गरीने उनले बताए ।
विकेन्द्रित आयोजना सहयोग इकाई,बुटवलका निमित्त आयोजना समन्वय प्रमुख डा.शिवलाल भुसालले प्रदेशका ६ जिल्ला (नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी र बर्दिया)का १२५ उपआयोजनाहरु सम्पन्न भएको बताए । जसअनुसार समूह सहकारीतर्फ ४७ वटा र निजि फर्म तथा उद्यमीतर्फ ७८ वटा आयोजना रहेको उनले जानकारी दिए ।
कोभिड महामारीका बीचमा पनि आयोजनाले गरेको लगानीबाट धेरै फर्म, उद्योग र किसानहरुले पत्यक्ष फाइदा लिन सफल भएको उनको भनाई थियो । यस आयोजना मार्फत आयोजनाले ५० प्रतिशत बेहोर्ने र थप ५० प्रतिशत किसान तथा फर्मले बेहोर्ने गरी ३ चरणमा अनुदान वितरण गरीएका डा. भुसालले बताए ।
हालसम्म आयोजनाबाट ४५ करोडभन्दा बढी रकम बितरण भइसकेको उनको भनाई थियो । किसान तथा फर्मले आफ्नो क्षमताअनुसारको लगानी गरी व्यवसाय फर्म सञ्चालन गर्न सकेमात्रै पलायन हुनुपर्ने अबस्था नआउने र सफल भइने उनले बताए ।
अनुदान लिने तर, काम पुरा नगर्ने प्रवृतीका कारण धेरै अनुदान खेर जाने अबस्था आउने भन्दै यस आयोजनामार्फत् काम गर्ने किसानलाइै मात्रै सहभागीता गराउने गरी आबश्यक अनुगमन र निरीक्षण भइरहेको उनले उनले बताए । यो आयोजना आगामी असार मसान्तमा सकिएपनि प्रदेश सरकारमार्फत् उपआयोजना निरन्तर सञ्चालन हुने डा. भुसालको भनाई थियो ।
यस आयोजनामार्फत् कृषि र पशुसँग सम्बन्धित परियोजना सञ्चालित रहेका छन् ।
किसानलाई आबश्यकताका आधारमा खनुदानमा उन्नत जातका बाख्रा, गाईभैसी खरिद, भकारो सुधार, नमुना खोर निर्माण, म्याट, बिभिन्न मेसिनरी सामान खरिद र तरकारी उत्पादन, दुध उत्पादन तथा बजारीकरणका काम भएका छन् ।
कार्यक्रममा आयोजना अन्तर्गत विभिन्न जिल्लाका अनुदानग्राहीहरुको सहभागतिा रहेको थियो । सोही अवसरमा बोल्दै कपिलवूतुको बाणगंगाका किसान शंकर पाण्डे, साना कृषि सहकारी संस्था देवदहका अध्यक्ष टिका न्यौपाने, लुम्बिनी दुग्ध उद्योगका सञ्चालक बिक्रम रिजाललगायतले बोल्दै आयोजनाको अनुदानले व्यवसायमा सफल हुन सफल भएको अनुभव सुनाए । धेरै किसानहरुले हचुवाको भरमा स्थानिय बजारको ख्याल नगरी अध्ययनबिना लगानी गर्दा नोक्सान बेहोरी पलायन भइरहेको अबस्थामा आयोजनाले धेरै सहयोग गरेको बताए ।
कार्यक्रममा बोल्दै आयोजनाका पशु स्वास्थ प्रविधिक ठाकुरप्रसाद खड्काले पशु खरिद तथा हेरचाह, खोर सुधार, दाना व्यवस्थापन, औषधिउपचारलगायतका विषयमा समूह सहकारी, फर्म र किसानलाई सजजीकरण गर्दै आएको बताए । कार्यक्रमको सञ्चालन आयोजनाका प्रशासन शाखा प्रमुख कृष्णप्रसाद पन्थीले गरेका थिए ।