बुटवल,जेठ ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यमा कृषिको बजेट घटेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट १ अर्वले घटेको छ । कृषिलाई प्राथममिकतामा राखेको भन्ने सरकारले १ अर्व रुपैयाँ बजेट घटाएर कृषिलाई कति महत्व दिएको छ भन्ने कुराको पुष्टि गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए । जुन चालु आव २०८/०८१ को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।सरकारले गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने
सरकारले गाँजाको व्यावसायिक उत्पादन गर्न प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ वर्षको बजेट प्रस्तुत गर्दै औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने बताएका हुन् ।सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैँया विनियोजन गरेको छ ।
कृृषि धितोमा सहजरुपमा कर्जा पाइने
अर्थमन्त्री वर्षमान पुनले कृषि धितोमा सहजरुपमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिने बताएका छन् । आर्थिक वर्ष २०८१/८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले कृषि धितोमा सहजरुपमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने बताएका हुन् । उनले प्रतिफल पाउनको लागि लामो समय लाग्ने कृषि तथा फलफुल व्यवसायमा उत्पादन पूर्वको अवधिको कर्जाको ब्याजमा अनुदान दिने व्यवस्था मिलाएको बताए ।