गौशालामा लुम्बिनी फलफुल व्यवसायीको नियमित सहयोग

  • समितिबाट निर्णय गरी नियमित रुपमा एक दुई दिन विराएरसंकलन गरी गौशालामा सहयोग गरिने
  • बुटवल जेठ– बुटवल उपमहानरपापालिका वडा नम्बर ७ शिवनगर सामुदायिक वनमा रहेको नन्दनी गोशालामा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिले सहयोग गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी गौशालामा सहयोग प्रदान गरिएको हो । संघले २ ट्रील पराल, १ ट्राली तरकारी र फलफुल,१०० किलो कालो नुन (बिरेनुन) लगायतका सामग्री प्रदान गरिएको हो ।


    सामग्री हस्तानान्तरण कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले नन्दीनी गौशालमा अहिले व्यवस्थापन गरिएको गाई गोरुको केही मात्रै रहेको जानकारी दिदै अझै बजारबाट धेरै गाई गोरु उठाउनको लागि बाँकी रहेको बताए ।
    सबैको साझा प्रयास र पहलबाट गाईगोरु व्यवस्थापन गर्न सकिएको जानकारी दिँदै नगर प्रमुख पाण्डेयले अझै सबैको साथ र सहयोगको खाँचो भएको बताएका थिए । अस्थायी संरचना भएको कारण अहिले गौशालामा गाईगोरु व्यवस्थापनमा समस्या रहेको भन्दै उनले निकट भविश्यमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी काम अगाडी बढेको बताए ।


    कार्यक्रममा बोल्दै लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बाबुराम भुषालले बुटवल ६ मा रहेको बुटवल कृषि उपज थोक बजारभित्र व्यवसाय गर्दै आएका व्यवसायीहरुले विक्रि वितरण गर्दै आएको कृषि जन्य उपज वा फललफुल जन्य उपजबाट निस्कीएका पशुलाई खुवाउन उपयुक्ता सामग्रीहरुको संकलन गरी नियमित रुपमा उपलब्ध गराउने जानकारी दिए । उनले समितिबाट निर्णय गरी नियमित रुपमा एक दुई दिन विराएरसंकलन गरी गौशालामा सहयोग गरिने जानकारी दिए ।


    लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष मोहमद याकुवले विगतका दिनहरुमा मानव सेवा आश्रममा नियमित रुपमा फलफुल तरकारी सहयोग गर्दै आएको संघले अव नियमित रुपमा गौशाला लाई पनि सहयोग गर्ने जनाकारी दिए । उनले यसको लागि समितिबाट निर्णय नै गरिएको जानकारी दिए । शब्जी मण्डीमा भएका विभिन्न खेरा जाने तरकारी वा फलफुल, केराका पान, खम्बा लगायत जो पशु आहाराको लागि हुन सक्छन्, ति छुटएर राखेर सोही अनुसार गौशालालाई नियमित रुपमा प्रदान गरिने जानकारी दिए । कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने, लुम्बिनी फलफुलका संस्थापका अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल(गोपाल) फलफुलका पुर्व अध्यक्ष केशव कुँवर, वजिर शाह लगायत महासचिव मेघनाथ पौडेल लगायतको सहभागीता रहेको थियो ।

    © 2025 krishipatra All right reserved