
बुटवल, जेठ :- नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना आयोजना कार्यान्वयन कार्यालय बुटवलमा निमित्त प्रमुखको रुपमा रहेका डा. शिवलाल भुषालको पुस्तक संघर्ष र सफलता बजारमा आएको छ । पशुचिकित्सकको रुपमा रहेका भुषालले आफ्नो अध्यायनको बेला, सरकारी सेवा प्रवेश, सेवा प्रवेश पश्चात लगायतका विभिन्न विधालाई समेटेर पुरस्कार प्रकाशन गरेका हुन ।
पुस्कतकमा निम्न विषयहरू समावेश गरिएको छ ।
१. सफलता प्राप्त गर्नको लागि लक्ष्य सही हुनुपर्छ र यो लक्ष्य आफूलाई अनुकूल हुने किसिमको र प्राप्त गर्न सकिने किसिमको हुनुपर्छ ।कुनै पनि व्यक्तिलाई आफ्नो क्षमता अरूलाई होइन आफैलाई थाहा हुन्छ ।
२. अरूको देखासिकी र अरूको विचारले आफ्नो निर्णयमा हस्तक्षेप गर्न दिइयो भने लक्षित गन्तव्यमा पुग्न सकिदैन ।
३. उमेर कुनै पनि काम गर्नको लागि बाधक तत्व होइन । यसको अर्थ जीवनको उत्तारार्धमा पनि सफल हुन सकिन्छ ।
४. जोखिम मोलेर काम नगरी कुनै कार्य सम्भव हुँदैन । दैनिक गरिने जुनसुकै कार्यमा पनि केही न केही जोखिम हुने गर्दछ ।
५. सरकारको तलब भत्ता लिने व्यक्ति वा कर्मचारीले चाहेमा हरेक परिवर्तन सम्भव छ । यसको लागि हरेक विषयमा सकरात्मक विचारको आवश्यकता पर्दछ ।
६. हामी अरूको मूल्याङ्कनमा दक्ष छौँ तर आफ्नै मूल्याङ्कन गर्दैनौँ । समय समयमा आफ्नो मूल्याङ्कन गर्नु आवश्यक छ ।
७. सही रूपमा समय÷कार्यालयको व्यवस्थापन गर्न सकेमा पूर्व निधारित काम सजिलै सम्पन्न गर्न सकिन्छ । उपयुक्त समय कहिल्यै आउँदैन, समयलाई उपयुक्त आफै बनाउने हो ।
८. हरेक विन्दुमा दुषित राजनीति खोज्ने अनि सफलता हासिल हुन सकेन भन्ने विरोधाभाषपूर्ण अभिव्यक्ति हो । वास्तवमा विकास र सम्बृद्धि चाहने हो भने हाम्रो भन्दा पनि राम्रोलाई प्राथमिकता दिनुपर्छ ।
९. शारीरिक स्वस्थतालाई विशेष ध्यान दिनुपर्छ । हरेक समय केही न केहीमा व्यस्त भयौँ भने नकारात्मक सोचतर्फ ध्यान जादैन । शरीर छ र जीवन छ तसर्थ नसक्ने कार्यको लागि जोखिम लिनुहुँदैन, तनाब लिनुहुँदैन ।
१०. पैसा सबै समस्याको समाधान होइन । पैसाको पछाडि दौडिदा दौडिदा शरीर अस्वस्थ भएको थाहा पाउँदैनौँ ।