पुर्व मेयरको कृषि मोह पाँच विघा क्षेत्रफलमा ‘कृषि कर्म’

  • कृषि क्षेत्रमा केही गर्ने हुटहुटी बनाएका उनले आज भन्दा ४ बर्ष पहिला देवदहको विभिन्न स्थानमा कृषि उद्यमीहरु जम्मा पारेर सुरुवात गरिएको कृषि फार्मले अहिले मुर्तरुप लिएको छ ।
  • बुटवल,
    रुपन्देहीको देवदह नगरपालिकाका निर्वतमान नगर प्रमुख हिरा बहादुर केसी कृषि प्रेमि नेताको रुपमा पहिचान स्थापित छ । वि.स. २०४७ साल देखि उनले देवदहमा शिवगंगा दुग्ध डेरी स्थापना गरी सञ्चालनमा ल्याएका छन् । डेरी व्यवसायी एशोसीयसनको केन्द्रीय सचिव समेत भैसकेका उनी नेपाली काग्रेसका क्षेत्रीय सभापतीसमेत हुन ।

    कृषि क्षेत्रमा केही गर्ने हुटहुटी बनाएका उनले आज भन्दा ४ बर्ष पहिला देवदहको विभिन्न स्थानमा कृषि उद्यमीहरु जम्मा पारेर सुरुवात गरिएको कृषि फार्मले अहिले मुर्तरुप लिएको छ । रुपन्देहीको देवदह नरपालिका वडा नम्बर ३ सिसपुरमा देवदह ग्रीन एग्रो रिसर्च एण्ड रिर्सोस प्रालि स्थापना गरी व्यवसायीक कृषि को सुरुवात गरिएको हो ।
    फार्ममा अहिले टरम्म बोडी फलिरहेका छन् भने तरबुजा पनि तयारी अवस्थामा छन्, यस्तै घिरौला, करेला, भिण्डी, लौका, फर्सी लगायतका तरकारी फार्मममा फलेका छन् । फार्मका सञ्चालक डिल्लीराज मरासीनी हुन भने फार्म को सञ्चालकको रुपमा सबै भुमिका भने हिरा बहादुर खत्रीले नै सम्हालेका छन् ।


    ७ जना सञ्चालक र ५१ जना शेयर सदस्यको २ करोड लगानीमा ५ विघा जग्गा भाडामा लिएर सुरुवात भएको फार्ममा अहिले फलेका विभिन्न खाले कृषिजन्य उत्पादन उपभोक्ता आफैले फार्मबाट किनेर लैजाने गरेका छन् ।

    अर्गानिक उत्पादनमा जोड दिइएको जानकारी दिदै सञ्चालक खत्रीले उपभोक्ताको माग अनुसारको उत्पादन बजारीकरण हुदै आएको बताए । १२ बर्षको लागि ५ विघा क्षेत्रफल भाडामा लिएर सुरुवात गरिएको उक्त फार्मममा कृषि ज्ञान केन्द्र रुपन्देहीले निर्माण अनुदानमा हाईटेक टेनले समेत निर्माण गरिएको छ । सेमि हाईटेक नर्सरी व्यवस्थापन पुर्वाधार कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्र रुपन्देहीले १० लाख अनुदान उपलब्ध गराएको हो ।जसमा फार्मबाट ३ लाख ५४ हजार ४ सय ४० लगानी भएको छ । कुल १३ लाख ५९ हजार ४ सय ४० रुपैया लागतमा १६.२४ बर्ग मिटरको सेमी हाईटेक टनेल निर्माण गरिएको छ । जसमा अहिले टमाटर लटरम्म फलेका छन् ।

    उपभोक्ता आफैले फार्ममा आएर बजार मुल्य भन्दा सस्तोमा किन्न पाएपछि मख्ख रहेका छन् । स्थानीय उपभोक्ता पनि फार्मको उत्पादन आफैले टिपेर रोजी रोजी लैजान पाउँदा मख्ख छन् । अधिकांसले फार्मको उत्पादनबाट सन्तुष्ट रहेको बताउँदै आएका छन् ।
    फार्ममा यन्त्रीकरण पनि अभ्यास गरिएको छ । सिंचाईको अभावको कारण थोपा सिंचाईको भरपुर प्रयोग गरिएको छ भने प्लाष्टिक मल्चीङ्गको प्रयोग गरिएको छ । खासगरी सिंचाईको अभाव भएको स्थानमा थोपा सिंचाई र प्लाष्टिक मल्चीङ्ग राम्रो मानिन्छ ।
    फार्ममा नियमित रुपमा १७ जनाले रोजगारी पाएका छन् । एक जना विएस्सी एग्रीकल्चर(कृषि) पढेका प्राविधिक समेत राखीएको छ । यन्त्रीकरण, प्राविधिक सीप, ज्ञान क्षमता विना कृषि क्षेत्रको विकास हुन असंभव भएको सञ्चालक हिरा बहादुर खत्री बताउँछन् ।
    एउटा राजनीतिक क्षेत्रको मानिस कृषि क्षेत्रमा लाग्नुको कारण बारे पुर्व मेयर केसी भन्छन्–‘कृषिलाई एउटा सम्मानित पेशको रुपमा विकास गर्नको लागि अभियानमा होमीएको हो । ’ आफु जनप्रतिनिधी भएपछि रुपान्तरणको भाषणा धेरै छाटे पनि त्यसको लागि कृषि क्षेत्रमा नै केही गर्ने योजनाको साथ काम सुरुवात गरिएको बताउँछन् ।

    अहिले हरियो तरकारी उत्पादन गरिएको जनाकारी दिदै उनले अगामी दिनमा अझ बढि स्थान भाडामा लिएर फार्म विस्तारको योजना समेत गरिएको जानकारी दिए । खासगरी कृषि क्षेत्रमा शिक्षित जनशक्ती आवश्यक रहेको बताउँछदै उनले अहिले एक लट उत्पादन बजारीकरण पछि पुनः अर्को चरणको उत्पादनमा लागेको उनको भनाई छ ।
    आफु नगर प्रमुख हुँदा कृषि क्षेत्रलाई कोभिडको बेलामा किसानको दुध विक्रि गर्न नपाएको बेलामा प्रति लिटर १० रुपैयाँ दुधमा अनुदान दिएको जानकारी दिदै उनले उत्पादनमा आधारित अनुदान को काम सुरुवात गरिएको जानकारी दिए । तर यसको कार्यान्वन पछिल्लो समयमा नभएकोमा भने दुख लागेको पुर्व मेयर केसीको भनाई छ ।


    किसानलाई उत्पादनमा आधारित अनुदान लाई जोड दिनुपर्नेमा बताउँछन् । यसको साथै किसानको समस्या समाधानको लागि निराकरण गर्ने, सोही अनुसार योजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिदै आएका छन् ।
    किसान र कृषि पेशा प्रतिको धारणालाई जरैबाट परिर्वतन आवश्यक भएको भन्दै उनले मझौला खालका पुर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउँछन् । किसानले ३ वटा तहको सरकारबाट गरेका काम प्रति आफु सन्तुष्ट नभएको बताउँदै उनले किसानको काममा संविधानमा दिएको पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
    संघ, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रमा यथेष्ठ रुपमा लगानी गर्नुपर्ने बताएका छन् । संविधानमा लेखिएको कुरालाई पूर्णरुपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाई छ ।
    फार्म बाट अहिले दैनिक ३० देखि ४० हजार रुपैयाँ सम्मको कृषि जन्य उत्पादन विक्रि हुदै आएको उनको भनाई छ । किसानले प्राविधिक क्षेत्रमा जोड दिन आवश्यक रहेको भन्दै उनले किसानलाई सहज रुपमा यन्त्र उपकरण दिन आवश्यक रहेको बताउँछन् ।
    व्यवहारिक रुपमा कृषिमा परिर्वतन आवश्यक रहेको जानकारी दिदै उनले कृषि पेश लाई व्यवहारिक रुपमा सम्मानित पेशाको रुपमा विकास गर्न आवश्यक रहेको बताएको बताउँछन् ।
    नेपालमा कृषि संभावना भएको क्षेत्र भएको बताउँदै पुर्व मेयर कार्कीले माटो नै नभएको भुमिमा त कृषि भैरहेको छ भने माटो, सिंचाई भएको भुमिमा त अझ बढि संभावना रहेको बताए ।

    फार्ममा अघिल्लो बर्ष अमेरिकन जातको ईष्टबेरी समेत उत्पादन भएको थियो । १२ बर्षको लागि जग्गा ५ विघा भाडामा लिएर फार्म सुरुवात गरिएको अध्यक्ष डिल्लीराज मरासीनी बताउँछन् । फार्मममा उत्पादन भएको कुनै पनि कृषि जन्य उत्पादन विषादी प्रयोग नगरिएको अध्यक्ष मरासीनीको भनाई छ । किसानले उत्पादन भएको कृषि जन्य उपजको विक्रि वितरण समस्या भएको भन्दै लागत भन्दा तल्लो दरमा विक्रि गर्नुपर्ने बाध्याता समेत रहेको उनको भनाई छ ।( cast  butwal today daily )

    भिडियो रिर्पोट 

    © 2025 krishipatra All right reserved