बुटवल, बैशाख– उखु खेती प्रर्वद्धनको लागि किसानहरुको सीपमकुलक तथा आय अभिवृद्धि अभिुमखिकरण कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । नेपाल फार्मस एड्भाईरी काउन्सील प्रालिको संमन्वय र सहयोगमा द नेपाल डिष्टीलरीको आयोजानमा तालिम भएको हो । कार्यक्रममा बोल्दै कपिलवस्तु कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेलले उखु किसानको समस्या बर्सौ देखि चल्दै आएको बताउँदै यसको लागि समयमा नै सरकारले किसानको लागि उुखुको न्युनमत समर्थन मुल्य तोकेर नियमित रुपमा अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए । उनले किसानको समस्या समाधानको लागि पालिका स्तरको जिल्ला बैठक लगायत सरोकारवालानिकायको बैठकमा पटक पटक कुरा उठाउदै आएको बताएका थिए ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यलले किसानको समस्या समाधानको लागि सरकारी निकाय बाट समयमा नै कुनै पनि बस्तुको न्युनतम समर्थन मुल्य समयमा नै तोक्नुपर्ने बताएका थिए । उनले यसको लागि आफुले संघीय मन्त्रालयमा रहँदा समेत पटक पटक पहल गरेको जानकारी दिदै सबैको साथ र सहयोग भएमा किसानको समस्या समाधानको लागि थप कदम चाल्नु नपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल फार्मस एड्भाईजरी काउन्सील प्रालिका अध्यक्ष तथा संघीय मन्त्रालयको पुर्व कृषि सचिव डा. योगेन्द्र कुमार कार्कीले किसान र सरकारको विचमा संमन्वयको अभावको कारण समस्या पैदा भएको बताउँदै यसको लागि स्थानीय तह, प्रदेश र संघीय मन्त्रालय र किसानको विचमा नियमित संमन्वय आवश्यक रहेको बताएका थिए ।
दी नेपाल डिष्टिीलरीका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उुख किसानले उखु उत्पादन गरी सोही उुख बाट चीन, भेली, सख्खर उत्पादन गर्न सकिने र सोही उुखबाट नै स्प्रीट उत्पादन गरी सोही स्प्रीटबाट अल्कोहल समेत उत्पादन गर्न सकिने बताएका थिए । नेपालको प्रतिष्ठीत ब्राण्ड रम को उत्पादन उुख बाट हुने गरेको बताउँदै उनले सोही अनुसार किसानलाई व्यवसायी उखु खेतीमा लाग्नको लागि आग्रह गरेका थिए ।
कार्यक्रममा नेपालमा उुख किसानको संभवना, महत्व, समस्या र समाधानको विषयमा डा. योगेन्द्र कुमार कार्की, डा. विमल कुमार निर्मल, उखुका उत्कृष्ठ जातहरु तथा उन्नत खेती प्रविधिको विषयमा बरिष्ठ बैज्ञानिक डा. दिलराज यादवले नेपाल सरकारबाट उुुखु बाली विकासका लागि हाल सम्म भएका प्रयासहरु तथा उुखुको समग्र विकासका लागि सुझावहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए । त्यस्तै कृषि विज्ञ सुदिप देवकोटा, उुख कटानी, खुट्टी बाली व्यवस्थापन, तथा उुखमा लाग्ने रोग, किराको विषयमा बरिष्ठ बैज्ञानिक डा. दिलराज यादबले, नेपालमा कषि खेतीको संभवनाको विषयमा सञ्जय धिताललले आ आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा सहभागी किसानबाट रामकृष्ण कोईरी, भुमिकला चापागाई लगायतले आ आफ्नो भनाई राखेका थिए । तालिममा सहभागी किसानलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । सोही कार्यक्रम अन्र्तगत नवलपरासीको सुनवलमा समेत तालिम आयोजना गरिने आयोजकले जनाएको छ ।