बुटवल, तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मण्डवारीका कृष्ण प्रसाद भण्डारी उमेरले १६ बर्ष लाग्दा घरबाट भागेर भारत गए । त्यहाँ उनले ५ देखि ६ बर्ष बिताएपछि पुनः भारतबाट नै दुबई गए । दुबईमा उनले ५ बर्ष समय बिताएपछि त्यहाँबाट पुनः जापान गए ।
जापानमा समेत उनले ७ बर्ष बिताएपछि पुनः नेपाल आए । नेपालमा आएपछि निर्माण व्यवसायीको काम गर्दै आएका उनले कृषि मोह भने मरेको थिएन । विदेशी भूमिमा करिब १८ बर्ष भन्दा बढि भोगेका उनले स्वदेशमा आएपछि निर्माण व्यवसायीको काम सुरुवात गरेका थिए । उक्त पेशमा राम्रै आम्दानी भएपनि उनमा कृषि मोह भने घटेको थिएन । उनले मणिग्र्राम मडवारीमा २ विघा क्षेत्रफल बार्षिक १ लाख भाडा तिर्ने गरी भाडामा लिए । जसबाट उनले व्यवसायिक कृषकको रूपमा पहिचान स्थापना गर्ने अभियानमा लागेका छन् ।
अहिले उनको फार्ममा हरियो मकै दैनिक बिक्री भैरहेको छ, काँक्रा, टमाटर, करेला, भिण्डी, घिरौला लगायतका तरकारी दैनिक जसो बिक्री हुँदै आएका छन् । प्रस्तावित गजवाहन कृषि फार्म नाम राख्ने योजना बनाएका उनले फार्म सुरुवात गरेको २ बर्ष भयो । तर फार्म दर्ता भने गरेका छैनन । फाममा उत्पादन भएका सम्पूर्ण खाद्यान्न तथा तरकारी उनले फार्म बाहिर नै स्टल लगाएर बिक्री गर्दै आएका छन् । उत्पादन भएका खाद्यान्न तथा तरकारी उनले अन्य व्यवसायी खोजेर बिक्री गर्नुपर्दैन । उनी भन्छन्–‘होलसेल व्यापारी खोज्न परेको छैन, सबै यहिँबाट नै ताजा उपभोक्ताले खोजेर किनेर लैजानुहुन्छ ।’
आफ्नै आँगनमा फलेको ताजा तरकारी बजार मूल्य भन्दा बराबरकै कहिले कम मूल्यमा पाउँदा उपभोक्ताहरूले पनि मन पराएको उनको भनाइ छ । हालसम्म फार्ममा ८ लाख मात्रै लगानी गरेका भण्डारीले भंैसी समेत पाल्दै आएका छन् । फार्ममा अहिले २ वटा मात्रै भैसी छन् । यसलाई बिस्तार गरी आगामी दिनमा अझ बढि बनाउने योजना उनको रहेको छ ।
भाडामा लिएको जग्गामा बार्षिक रूपमा खाद्यान्न, धान, गहुँ, मकै उत्पादन गर्दै आएकोमा यसलाई अझ बढि विस्तार गरी खाद्यान्न बाली कम तरकारी बालीलाई विस्तार गरिएको फार्म सञ्चालक भण्डारीको भनाइ छ । २ विघा क्षेत्रफलमा अहिले खाद्यान्न बाली तर्फ मकै तरकारी तर्फ भिण्डी, लौका, काँक्रा, बन्दा, टमाटर, घिरौला लगायतका तरकारी उत्पादन भैरहेका हुन उनले यी उत्पादित बस्तुलाई बजारीकण गर्न नै पर्दैन, टोल छिमेकका सबै मानिसहरू आएर किनेर लैजाने गरेका हुन ।
उनको फार्मबाट अहिले दैनि १० हजार देखि १५ हजार रूपैयाँ बराबरको बिक्री हुँदै आएको छ । सोही अनुपमतमा एक महिनामा ३ देखि ४ लाख आम्दानी हुने गरेको उनको भनाइ छ । उनी भन्छन्–‘बजार खोज्न कहि जानुपरेन, यहि नै आएर लैजानु हुन्छ, ताजा, सफा र अर्गानिक उत्पादन भएको कारण सबैले मन पराउने परेको छ ।’
निर्माण व्यवसायी समेत रहेका उनले ५५ जना लाई रोजगारी दिएका छन् । सोही निर्माणको काम नभएको बेला र अन्य काम नभएका बेला यहि निर्माण व्यवसायीहरूबाट नै उनले कृषि फार्मममा काम गराउँदै आएका छन् । फार्मममा आवश्यकता अनुसार कम्तीमा १ जना देखि बढिमा ५५ जनालाई सम्म रोजगार दिएको उनको भनाई रहेको छ ।
स्थानीय निकाय, जिल्ला स्थिति कृषि कार्यालयहरू र प्रदेशबाट समेत कुनै पनि किसीमको सहयोग वा अनुदान नलिएको बताउँने उनले औपचारिकता भन्दा पनि उत्पादनमा जोड दिनुपर्ने बताउँछन् । उपभोक्ताको आवश्यकता अनुसार कृषि जन्य बस्तुको उत्पादन गर्न सकेमा यसयबाट राम्रो आम्दानी हुने र आयात प्रतिस्थापन गर्न सकिने उनको तर्क रहेको छ । प्राविधिक सेवा सल्लाह उनले एग्रोभेट सञ्चालक र अन्य कृषि तथा पशु प्राविधिकबाट लिदै आएका छन् । हिउँदको समयमा तरकारी उत्पादन सहज भएपनि बर्खाको बेला केही अफ्ठारो हुने गरेको बताउँदै उनले यसको लागि माटो उठाएर टनेल निर्माण गरी व्यवसायिक तरकारी खेती गर्ने योजना समेत बनाएका छन् ।
#castButwaltoday daily paper