रुपन्देही व्यापार तरकारी तथा फलफूल बस्तुगत समिति गठन

बुटवल, चैत– रुपन्देहीव्यापार संघमा आवद्ध तरकारी तथाफलफूल एवं पुस्तकतथा स्टेशनरी व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । तरकारी तथा फलफूलएवं पुस्तकतथा स्टेशनरी व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागिभएको भेलाले पुरानो समितिपुर्नगठन गर्दै नेत्रप्रसादअधिकारी (विष्णु)को संयोजकत्वमा ११ सदस्यीयतरकारी तथा फलफूल उपसमिति र विष्णुप्रसाद पाण्डेको संयोजकत्वमा १५सदस्यी यपुस्तक तथा स्टेशनरी वस्तुगत उपसमिति गठन गरेको हो ।

तरकारी तथाफलफूल वस्तुगत उपसमितिको सह–संयोजकमा अनु रहमान, सचिवमा कमलप्रसाद आचार्य र कोषाध्यक्षमा राजन वर्नवाल रहेका छन् । यस्तै सदस्यहरुमा विपिन अग्रहरी, रामप्रसाद मरासिनी, प्रमोद जयसवाल, उमनाथ पौडेल, चन्दलाल आचार्य, बालकृष्ण घिमिरे, भेषराज भट्टराई र सल्लाहकारमा बाबुराम भुसाल, मेघनाथ पौडेल, कृष्णप्रसाद पोख्रेल, भिमकान्तपन्थी, मोहमद याकुव रहेका छन् ।
तरकारी तथाफलफूलवस्तुगत उपसमितिको सह–संयोजकमा निरज पाण्डे, सचिवमा चिरञ्जीवी अधिकारी, कोषाध्यक्षमा भरत भट्टराई, सह–सचिवमा शारदा ज्ञवाली, सह–कोषाध्यक्ष हरि अर्याल रहनुभएको छ । यस्तै सदस्यहरुमा माधव बस्याल, समिर पराजुली, लक्ष्मी भट्टराई, थिरलाल भट्टराई, किरण ज्ञवाली, गंगाधर भट्टराई, शम्भु आचार्य, अस्मिताकाफ्ले, शिवप्रसाद बस्याल र सल्लाहकारहरुमा रामप्रसाद भुसाल, उमेश कु“वर, शंकरप्रसाद पाण्डे, रुपा पाण्डे, मित्रबन्धु भण्डारी, बन्दना पाण्डे रहेका छन् ।


भेलामाबोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका वरिष्ठ उपाध्यक्षप्रकाश ढकालले संघका उपसमितिहरुले रुपन्देहीव्यापार संघको पिल्लरको रुपमाजिम्मेवारी वहनगर्न आग्रह गरेका थिए । उनले व्यवसायीहरुको समस्याहरुको बारेमाउपसमितिले पहिचानगर्न पहलगर्ने र त्यसको समाधान गरेर व्यवसायविस्तारमाव्यवसायीहरुको सहयोगिबन्न आग्रह गरे । रुपन्देहीव्यापार संघ आमव्यापारी व्यावसायीको आशा र भरोसाको केन्द्र समेत भएकोले व्यावसायी समस्याको समाधानमा एकजुट भएर लाग्नआग्रह समेत गरेका थिए ।

यस्तै कार्यक्रममा संघका प्रथमउपाध्यक्षदयानिधि भण्डारी, द्वितियउपाध्यक्ष प्रेमनाथ पाण्डे, कोषाध्यक्ष मनिराम खनाल, वस्तुगत उपसमितिका संयोजक एवं संघका सह–सचिव प्रकाश राजपौडेल, मानार्थ सदस्य ऋषिराम पाण्डे, सह–कोषाध्यक्षअर्जुनप्रसाद भट्टराई, कार्यसमिति सदस्य टेकप्रसादपन्थीलगायतले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आमउपभोक्ता तथा व्यवसायीमापुग्ने हुदा अघिल्लो कार्यकालमाभएका काम भन्दा अझउत्कृष्ट कामगर्न सुझावदिनु भयो । कार्यक्रम संघका कार्यसमिति सदस्यइश्वरा देवकोटा (इशु)को अध्यक्षता र पुस्तकतथा स्टेशनरी वस्तुगत उपसमितिका सचिवनिरज पाण्डेको संचालनमा सम्पन्नभएको थियो ।

© 2024 krishipatra All right reserved