बुटवल उपमहानगरपालिकामा  पाडी पाल्ने किसानलाई ५० प्रतिशत अनुदान (सूचना सहित)

बुटवल, चैत ।

बुटवल उपमहानरपालिका ले  भैसीका पाडी पाल्न चाहने किसान लाई ५० प्रतिशत अनुदान दिने भएको छ । कम्पतीमा २० हजार रुपैयाँ नगद अनुदान प्रदान गर्ने गरी सूचना प्रकाशन गरेको हो । दूध मिसनका लागि पाडी प्रर्वद्धन कार्यक्रम संचालन अन्र्तगत  बुटवल उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयको आ.व. २०८०/०८ १ का लागि स्वीकृत बार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना अनुसार दूध मिसनका लागि पाडी प्रवर्द्धन कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाको क्षेत्रभित्र बसोबास गर्ने न्यून आय भएका तथा ५० प्रतिशत (कम्तीमा रु. २०,०००) लागत सहभागिता गर्ने गरी पाडी पाल्न ईच्छुक कृषकहरुले आवेदन दिन  सूचना प्रकाशन गरेको हो ।

चैत २ गते सूचना प्रकाशन गर्दै नगरपालिकलो १५ दिन भित्र तोकिएको ढाँचामा आवेदन फाराम भरी नगरकार्यपालिकाको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सरोकारबाला सबैको जानकारीका लागि यो सूचना जारी गरेको  प्रमुख प्रसाकीय अधिकृत मित्रमणि खनालले  जानकारी दिए ।

ईच्छुक किसानले  भैसीका पाडी पाल्न चाहेमा एउटा पाडी बराबर न्युनतम २० हजार रुपैयाँ पाउने छन् ।

 जसको लागि पेश गर्नुपर्ने कागजातहरु

१) निवेदन

२) नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

३) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।

४) सम्बन्धित निकायमा दर्ता भए आवश्यक कागजातहरु ।

नोट ः

(क) भैसी पालन नगरेका वा बढीमा २  वटा भैसी पालन गर्ने कृषक हुनुपर्ने ।

ख) पाडी पालनका लागि न्यूनतम पूर्वाधार गोठ, आहारा, जमिन आफ्नो वा लिजमा लिएको हुनुपर्ने ।

ग) कृषि क्षेत्रलाई प्राथमिकता दिईनेछ ।

थप जानकारीका लागि पशुपन्छी विकास शाखामा सम्पर्क गर्न सकिनेछ ।

सम्पर्क नंः ९८६६९४९२९२, ९८६२३९२५५४

NOtice

© 2025 krishipatra All right reserved