कृषि उपज केन्द्रका व्यवसायीको ढक–तराजु नविकरण

बुटवल, फागुन- लुम्बिनी फलफुल थोक तरकारी व्यवसायी संघको आयोजनामा बुटवल कृषि उपज थोक बजारमा रहेका व्यवसायीहरुले प्रयोग गर्दै आएको ढक, तराजु को नविकरण शिविर गरेको छ ।
गुणस्तर तथा नापतौल कार्यालय बुटवलको प्राविधिक सहयोगमा ताप तौल शिविर गरिएको हो ।
शुक्रबार विहान ११ बजे देखि साँझ सम्म कृषि उपज केन्द्र भित्र व्यवसाय गर्ने व्यवसायीहरु, आसपासका व्यवसायीहरु र मणिग्राममा रहेको लुम्बिनी कृषि बजारका व्यवसायीहरु गरि १ सय २० भन्दा बढि डिजिटल तराजु, ढकको नविकरण गरिएको संघका बरिष्ठ उपाध्यक्ष मो.याकुवले जानकारी दिए ।
उनका अनुसार प्रत्येक २÷२ बर्षमा व्यवसायीहरुले प्रयोग गर्दै आएको डिजिटल तराजु, ढक लगायतका मिटर र लिटर को नियमित रुपमा परिक्षण तथा नविकरण गर्नुपर्ने प्रावधान अनुसार यो शिविर आयोजना गरिएको जानकारी दिए ।

नाप तौल कार्यालय बुटवलका निरिक्षक तथा टोली प्रमुख निराजन पुडासैनीले नापतौल ऐनको दफा २५ मा उल्लेख भए अनुसार डिजिटल तराजु, तथा अन्य लिटर, मिटर लगायतका नाप तौलका सामग्रीहरुको प्रत्येक २÷२ बर्षमा नविकरण गर्नुपर्ने प्रावधान भएको जानकारी दिए । उनका अनुसार यसरी अनुमती नलिएर तौल राखेको, नविकरण नगरेको अवस्थामा कानून बमोजिम कारवाही समेत हुने जानकारी दिए ।

डिजिटल तराजु राखेका व्यवसायीहरुले तराजुको क्षमता अनुसारको १० प्रतिशत ढक)फालमको) अनिवार्य राख्नुपर्ने व्यवस्था समेत नापतौल गुणस्तर ऐनमा उल्लेख भएको जानकारी दिए । उनका अनुसार कुनै समयमा डिजिटल तराजु बिग्रीएको , कम वा बढि तौल भए वा नभएको विषयमा उपभोक्ता वा व्यवसायीले बेला बेलामा चेक–जाँच गर्नको लागि पनि यस्तो प्रकृतिको ढक अनिवार्य गरिएको जानकारी दिए ।

शिविरमा भएको कारवाही वा जरिवानाको विषयमा विस्तृत रिर्पोट पछि मात्रै जानकारी हुने उनको भनाई रहेको छ । व्यवसायीले यदि १०० किलोको डिजिटल तराजु राखेको भए त्यहाँ अनिवार्य रुपमा १० किलोको ढक राख्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

ढका, तराजु, लिटर र मिटर लगायतका नापचौल तथा नाप्ने तौलने यन्त्रहरुको नापजाँच गरी जाँचपास, नविकरण तथा अनुमती पत्र वितरणको शिविरमा टोली प्रमुख निरिक्षक निराजन पुडासैनी, सहायक निरिक्षक गुरु प्रसाद पोखरेल, सिनयर मिस्त्री निता अर्याल र दिक्षा पौडेल लगायतको सहभागीता रहेको थियो ।
शिविरमा लुम्बिनी फलफुल थोक तरकारी व्यवसायी संघका अध्यक्ष बाबुराम भुषाल, पुर्व अध्यक्ष वजिर शाह, महासचिव मेघराज पौडेल, कोषाध्यक्ष मनिष बर्णवाललगायत कार्यसमिति सदस्यहरुको सक्रिय सहभागीता रहेको थियो ।

© 2024 krishipatra All right reserved