पशुपंक्षी तथा मत्स्यजन्य उत्पादनको बजारीकण सम्बन्धी अन्तरक्रिया

बुटवल, फागुन । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय को आयोजना र बुटवल उद्योग बाणिज्य संघको संमन्वयमा बुटवलमा पशुपंक्षी मत्स्य जन्य उत्पादन र बजारीकरणको अवस्था पशुपंक्षी सञ्जालहरुसंग अन्तरक्रिया गोष्ठी गरिएको छ । एघारौ राष्ट्यि प्रांगारिक कृषि मेलाको अवसरमा बुटवलमा अन्तरक्रिया गोष्ठी गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. प्रवेशसिंह कुँवर, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कफिलवस्तुका प्रमुख डा. प्रवेज आलम, विमा प्राधिरण लुम्बिनी प्रदेशका संयोजक पुर्ण थापा लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका पशु चिकित्क लोकरोज भुषालले कार्यक्रमको आयोजना गर्नुको उदेश्यका बारेका प्रकाश पारेका थिए । कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलरासी जिल्लाका बंगुरपालका किसान संघ, बाख्रा पालक किसान संघ, मत्स्य पालक किसान संघ लगायतका पशुपंक्षी क्षेत्रका किसान तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा उपभोक्ताहित संरक्षण मन्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठक, पशुसेवा विज्ञ डा. लक्ष्मण पौडेल, पशुक्वारेन्टाईन कार्यालय बेलहियाका प्रमुख डा. भक्त न्युरे लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका संमन्वय प्रमुख उमाकान्त चपाईंले किसान नै अहिलेका सबैको सबै सरकारी निकायले बास्तविक किसानलाई संरक्षण गर्नुपर्ने बताएका थिए । उनले किसानको उत्पादन बजारीकरण नहुँदा समस्या भएको भन्दै उनले यसको लागि सरोकारवाला निकायले किसानमैत्री नीति तर्जुमा गरी कार्य गर्नुपर्ने बताएका थिए ।

यस्तै प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका महशाखा प्रमुख घनश्याम चौधरीले कृषिको विकासका लागि प्रदेश सरकारले विभिन्न योजना ल्याएर कार्यन्वयन गर्दै आएको बताएका थिए । उनले किसानको हितको लागि सबैजना हातेमालो गरेर अगाडी जानुपर्ने बताएका थिए ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले किसानको हितमा आशातित विकास हुन नसकेको भन्दै यसको लागि सबै पक्षले समिक्षा गरेर अगाडी बढ्नुपर्ने बताएका थिए ।

 

© 2024 krishipatra All right reserved