बुटवल, फागुन । बुटवलमा विहिबारबाट सुरुवात भएको एघारौं राष्ट्रिय कृषि मेला मा विभिन्न छुट तथा अफरहरु चलेका छन् । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था लुम्बिनी वितरण आयोजना बुटवल(डिडिसी) ले आफ्ना उत्पादनमा नगद नै छुट दिएर उपभोक्ताहरुलाई प्रदान गरेको छ । डिडिसी बुटवल शाखा प्रमुख योगेन्द्र शाहका अनुसार डिडिसीको उत्पादनको प्रसार प्रसार, बजारीकरणको लागि उत्पादित बस्तुमा नगद छुट दिइएको जानकारी दिए ।उनका अनुसार विहिवार प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारी लाल अहिर, सहित बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल लगायतले मेला स्टलमा नै गएर डिडिसीको उत्पादित लस्सी लागायतका उत्पादनको सेवन समेत गरेका थिए ।
डिडिसीबाट उत्पादीत बस्तुमा ५ रुपैयाँ देखि ५० रुपैयाँ सम्म छुटको व्यवस्था गरिएको बुटवल आयोजना प्रमुख शाहले जानकारी दिए ।
गर्मी मौसमलाई लक्षित गरेर डिडिसीले उत्पादन गरेको लस्सीमा उपभोक्ताको माग समेत उच्च रहेको छ । लिची फ्लेवरमा उत्पादन गरिएको यो लस्सीको बजार मुल्य ६० हो भने मेलामा ५५ रुपैयाँमा विक्रि भैरहेको छ ।
हेरौ डिडिसीका उत्पादन र छुट मुल्यको विवरण