फागुन १० बाट बुटवलमा प्राङ्गागरिक कृषि मेला, प्रवेश निःशुल्क, किसानका उत्पादन किन्न यन्त्रीकरणबारे बुझ्न पाईने

बुटवल, फागुन ।
बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजानमा बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला २०८० हुने भएको छ । यहि फागुन १० गते बाट १४ गते सम्म बुटवल १२ रामनगरमा रहेको प्रर्दशनी केन्द्रमा मेला आयोजना हुने भएको हो ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले मेलाको तयारी पुरा भएको जानकारी दिए । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष अर्यालले मेला अवधीभरमा २० हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको जानकारी दिए ।
यस पटकको मेलालाई असल कृषि अभ्यासको रुपमा मेला आयोजना गर्न लागिएको अध्यक्ष अर्यालको भनाई रहेको छ । मेलामा १०० वटा स्टलको सहभागीता हुने छ । मेला अवधिभरमा मेला अवलोकन कर्ताले निःशुल्क रुपमा प्रवेश पाउने छन् ।

प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिने साथै उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्छी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना अभिबृद्धि गर्ने, प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धती अपनाउन कृषकहरुलाई जागरुक बनाउने मेलाको उदेश्य रहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

यस्तै उपभोक्ता वर्गमा प्राङ्गारिक कृषि उपज तथा असल खेती अभ्यास बारे जानकारी गराउने, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी अवलोकनकर्ता कृषक) लाई दिई आधुनिक कृषि उत्पादन सम्बन्धी प्रविधी हस्तान्तरण गर्ने, असल कृषि प्रणाली अपनाइ कृषि, पशुपन्छी तथा मत्स्यजन्य बस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पुयाउने साथै प्रयोगका लागि जनचेतना फैलाउने समेत मेलाको उदेश्य रहेको छ ।

यस्तै कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणमा सहयोग पुरÞ्याउने । साथै साना र मध्यमस्तरीय कृषक र कृषि उद्योगी तथा व्यवसायीहरुलाई दिगो कृषि व्यवसायको व्यवस्थापनमा सहयोगी भूमिका निर्वाह गर्ने, कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यात योग्य वस्तुहरुको पहिचान र प्रवर्द्धनमा सहयोग पुरÞ्याउने, यस क्षेत्रमा कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री बितरणमा भएका उपलब्धीलाई जनसमक्ष ल्याउने र उत्पादित कृषि उपजको सुरक्षित र मुनाफायुक्त बजारको पहिचान गराई उत्पादक र क्रेता विच समन्वय गर्ने र समर्थन मुल्यको सुनिश्चीतता गर्ने मेलाको उदेश्य रहेको छ ।

 

साना तथा मझौला कृषक र कृषि, पशुपन्छी तथा मत्स्यजन्य व्यवसायीहरुको समस्या पहिचान स्वयं कृषक र व्यवसायीबाट गर्न लगाई त्यसको निराकरणको लागि बिज्ञ मार्फत परामर्श उपलब्ध गराउने, कृषिजन्य नगदेबाली, मह पुष्प जडिबुटी पशुउत्पादन, दुग्ध र मासु र अण्डाको उत्पादन, तथा मस्त्यजन्य पदार्थको प्रशोधन, भण्डारन तथा बजारिकरणको लागि सम्बन्धित निकायको सहकार्यमा कृषि र पशुपन्छी तथा मत्स्यजन्य उद्योगको बिस्तारमा सहजीकरण गर्ने उदेश्य मेलाको रहेको छ ।

मेलाका विशेष आकर्षणहरु
१) कृषिका अत्याधुनिक प्रबिधिको प्रदर्शन
कृषि पेशालाई व्यवसायीका तथा आधुनिक प्रबिधियुक्त बनाउन आवश्यक कृषि प्रबिधिहरुको पहुँचमा वृद्धि गर्नका लागि राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० को अवसरमा कृषिका अत्याधुनिक प्रबिधिको प्रर्दशन हुनेछ । धान रोप्ने मेशिन, बाली काट्ने मेशिन, गोड्ने मेशिन, बेलर मेशिन, थोपा सिचाई, मौरी पालन, जैबिक मल आदीको प्रर्दशन हुनेछ ।

२) कृषि परिकार 
कृषि वस्तुको प्रवर्द्धन तथा बिबिधिकरण गर्ने माध्यमको रुपमा खाद्य परिकारको प्रवर्द्धन पनि एक हो । तसर्थ कृषि मेलामा च्याउ, दुग्ध, कोदो, माछाका परिकार समाबेश भएको कृषि परिकार सहितको स्टल राखिने छ । यस्ता उपजको नियमित उपभोग बढाउन सके स्थानीय कृषि वस्तुको प्रवर्द्धन हुनुको साथै, पोषणमा सुधार र आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने देखिन्छ ।

३) कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल 
कृषि को व्यवसायीककरण, प्रबिधिको पहुंचमा बृद्धि तथा कृषक स्तरमा सूचना तथा जानकारी पुन्याउनुको साथै नीतिगत सुधारको लागि पहल स्वरुप बिभिन्न बिषयत अन्तरक्रिया तथा छलफल कार्यक्रम संचालन गरिनेछ ।
(क) जिवनाशक विषाधी प्रयोग प्रभाव र विकल्प ।
(ख) प्राङ्गारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धी ।
(ग) मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती ।
(घ) कृषि बस्तुको बजारीकरण ।

४. उत्कृष्ट कृषि उत्पादनको प्रर्द्धशन 
कृषक स्तरमा उत्पादित प्राङ्गारिक कृषि बस्तु ताजा तरकारी, खाद्यान्न बाली, फलफूल प्रतियोगितात्मक हिसाबले प्रर्दशन हुनेछ । त्यस बाहेक कृषि वस्तुमा आधारित बिभिन्न उत्पादनहरु समेत प्रर्दशनका साथै बिक्री बितरण हुनेछ ।

५. कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टलः
कृषि तथा भूमि व्यवस्था मन्त्रालय तथा कृषि विकास निर्देशनालय का साथै पशु पन्छी तथा मत्स्य विकास निर्देशनालयका कृषि सेवा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि सूचना तथा परामर्श प्रदान गर्ने स्टलहरु रहनेछ ।

६. प्राङ्गारिक र असल खेती अभ्यास
प्राङ्गारिक र असल खेती अभ्यासको बारेमा विद्यालय तममा पठनपाठन गर्ने विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले बिद्यालयस्तरीय वक्तत्वकला प्रतियोगिताको आयोजना गरिनेछ ।
६. कृषिजन्य बस्तुको विक्रि वितरण
तरकारी फलफूल दुध र दुग्धजन्य पदार्थ लगायतका दैनिक उपभोग्य बस्तुको विक्रि वितरणको प्रबन्ध मिलाईको छ ।

Video 

© 2024 krishipatra All right reserved