नवलपरासी –नवलपरासी बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे ९खोले० सागखेती गरेर मनग्य आम्दानी गरेका छन्।
विगत दुई वर्षदेखि व्यावसायिक रूपमा पालुङ्गे सागखेती गर्दै आएका महतो दम्पत्तीले वार्षिक तीन लाख भन्दा बढी आम्दानी गरेका हुन्।
सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुगोको सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने लक्ष्मी बताउँछन्।केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उनले बताए।‘चैते धानभन्दा यो साग लगाएपछि फाइदा भयो, यसमा सामान्य जैविक मल प्रयोग गर्छौँ अरू केही गर्नु पर्दैन,’ उनले भने, ‘चैते धानभन्दा यो सागखेतीले जीविकोपार्जनमा राहत पुर्याएको छ।’महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै तीन लाखसम्म आम्दानी गर्न सफल भएका छन्।