सरकारी स्वामित्वको डिडिसीबाट दुध संकलन नै बन्द

बुटवल, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, लुम्बिनी वितरण आयोजना बुटवललले किसानको दुध संकलन बन्द गरेको छ । २०८० फागुन १ गते कार्यालयमा बसेको कार्यालय प्रमुख सहितको बैठकलले फागुन १ गते बाट किसानको दुध संकलन बन्द गर्ने निर्णय गरेको हो । कार्यालयले एक टिप्पणी उठाउदै किसानबाट उत्पादित दुृधको पाउडर प्लान्ट बन्द भएको कारण पाउडर दुध उत्पादन बन्द भएको कारण देखाउदै दुध संकलन बन्द गरेको जनाएको छ ।

मिति २०८०।११।०१ गतेका दिन यस आयोजनामा आयोजना प्रमुखको अध्यक्षतामा शाखा प्रमुख र कर्मचारीहरुको सहभागीतामा बसेको बैंठकमा दूध संकलन सम्बन्धि तपशिलको निर्णय गरेको उल्लेख छ । आयोजनामा खपत भई बढी भएको दूध पाउडर उत्पादनको लागि सुजल डेर पोखरा, चितवन मिल्क, हेटौंडा पाउडर कारखाना, विराटनगर पाउडर कारखानामा पठाउदै गरेको र हाल उक्त कारखानाहरु मध्ये सुजल डेरी र चितवन मिल्क पूर्ण रुपमा बन्द रहेको र अन्य पाउडर कारखानाहरु बिग्रीएर राम्रो सँग सन्चालनमा नरहेकोले धूलो दूध उत्पादन कार्य बन्द भएको कारण देखाउँदै दुध संकलन बन्द गरेको हो ।

डिडिसीले गरेको निर्णय टिप्पणीमा सहज परिस्थिती नआउन्जेल सम्मका लागि यस आयोजनाले दूध संकलन गर्ने कार्य तत्काल लाई बन्द गरिएको सर्व सम्मति बाट निर्णय गरेको उल्लेख गरेको छ ।
सरकारी स्वामित्वमा रहेको डिडिसीले दुध संकलन कार्य बन्द गर्नु किसान मारा नीति भएको रुपन्देही डेरी व्यवसायी समितिका पुर्व अध्यक्ष गणेशसिंह भण्डारीले बताएका छन् ।
उनले भनेका छन् , सरकारमा बसेर भ्रष्टाचार गर्न सक्ने कृषि प्रधान देशको दूध व्यवस्थापन गर्न नसक्ने नालायक सरकार हरुले नैतिकता गुमाएको अवस्था हो ।

© 2025 krishipatra All right reserved