बुटवल – लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालय र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको दोस्रो त्रैमासिक तथा अर्धबार्षिक समिक्षा गरिएको छ । बुटवलमा आयोजना गरिएको गोष्ठीलाई संम्बोधन गर्दै प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारी लाल अहिरले प्रदेशसरकारले निर्धारण गरेको लक्ष्य प्राप्तीको लागि सबै जनाले आ आफ्नो स्थानबाट योगदान दिनुपर्ने बताएका थिए । निदिष्ट गरिएको लक्ष्य प्राप्तीको लागि कुनै पनि वाहानले रोक्न नहुने भन्दै यसको लागि आ आफ्नो कार्यायललाई ईमान्दारीताका साथ अगाडी बढ्नको लागि आग्रह समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव डा. नर्मता सिंहले मन्त्रालयबाट निर्धारण गरिएको मापदण्ड अनुसारको कार्यसम्पादन गर्नको लागि मातहतका कार्यालयहरुलाई निर्देशन दिईन । उनले सबैको हातेमालो भएमा मात्रै सफलता प्राप्त गर्न सकिने भन्दै यसको लागि सबैले सहकार्य गर्न जरुरीरहेको बताएकी थिईन ।
कार्यक्रममा हालै मात्रै प्रदेश योजना आयोगको सचिव मा नियुक्ती भएका कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पुर्व सचिव याम नारायण देवकोटाले कृषि क्षेत्रमा प्रदेश सरकारको लगानी , प्रतिफल र आशा पनि बढि भएको भन्दै ईमान्दारीताको साथ काम गर्नको लागि आग्रह गरेका थिए । उनले कतिपय कर्मचारीहरु सेवा निवृत्त जिवनपछि पनि कारावहीमा परेर अदालत धाउनुपर्ने अवस्था आएको भन्दै ईमान्दारीका साथ लाग्नको लागि आग्रह गरेका थिए ।
पुर्व सचिव देवकोटाले कृषि मन्त्रालयमा काम गरेको लामो समयको अनुभव रहेको भन्दै कुनै समयमा आवश्यकता परेमा उचित सल्लाह, सुझाव तथा परामर्स प्रदान गर्न आफु जहिले पनि तयार रहेको बताएका थिए ।
कार्यक्रममा कृषि विकास निर्देशनालयको तर्फबाट मातहतका कार्यालयले गरेको प्रगति लगायतको विषयमा निमित्त निर्देशक राम प्रसाद पाण्डे र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय को प्रगति र मातातहका कार्यालयहरुले गरेको प्रगतिको विषयमा निमित्त दिर्देश डा. प्रवेश सिंह कुँवरले प्रस्तुतीकरण गरेका थिए ।
प्रदेश सरकार अन्र्तगतका एकिकृत कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, प्रयोगशाला लगायतका कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु सहित संघीय आयोजनाका प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना, कृषि सामग्री कम्पनी लिमिडेड, नार्क, साल्ट ट्रेडीङ्ग लगायतका कार्यालयहरुले दोस्रो त्रैमासिक तथा अर्धबार्षिक समिक्षा प्रस्तुत गरेका थिए ।