रुपन्देही उद्योग संघमा महिला उद्यमी समिति गठन

बुटवल– रुपन्देही उद्योग संघले वस्तुगत समिति गठन र संजाल विस्तारको प्रक्रियालाई निन्तर अगाडि बढाउँदै गएको छ । हालसम्म ७ वटा वस्तुगत समिति गठन भइसकेका छन् । यसै शिलशिलामा महिला उद्योगीहरुको मंगलबार बसेको भेलाले महिला उद्यमी समिति गठन गरेको छ । संघको सचिवालयमा सम्पन्न महिला उद्योगीहरुको भेलाले लकासी अचार उद्योगकी पार्बती गिरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

गठित समितिको सहसंयोजकमा देवदह च्याउ तथा तरकारी कृषि फर्मकी दिपा भट्टराई, सचिवमा नवदुर्गा मौरी फर्मका कमला पन्थ सदस्यहरुमा न्यू लक्ष्मी सःमिलकी लालुमाया थापा, ऋषि एग्रो फुड इण्डष्ट्रिजकी तारा पाण्डे भण्डारी, कलौनी ग्रिल उद्योगकी देवी कार्की र लुम्बिनी होजियारी एण्ड पोशाक उद्योगका निर्मला भट्टराई रहेका छन् ।
समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष जिवकान्त काफले, महिला सचिव मन्जु भुसाल, कार्यसमिति सदस्य, शारदा भट्टराई, मिना थापा, दिलु शाही, पूर्व महिला सचिव माया खनाल, पूर्व कार्यसमिति सदस्यहरु रेनुका खरेल, शारदा पौडेल, सरला भण्डारी, रचना पन्त भट्ट्राई र रमा पौडेल पराजुली ररेका छन् ।
भेलामा प्रतिवद्धता मन्तव्य राख्दै महिला समिति संयोजक पार्बती गिरीले महिला उद्योगीहरुले विश्वास गरी संयोजकको जिम्मेवारी दिनु भएकोमा आभार व्यक्त गरिन् । महिला उद्यमीहरुका लागि राज्यले ध्यान कम दिएको गुनासो गर्नुहुँदै हामी आपैm आप्mनो अधिकारका लागि एक भएर अगाडि बढ्नुको बिकल्प नभएको बताउनु हुँदै महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्ने, महिला उद्यमीहरुका समस्या समाधाका लागि निरन्तर पहल गर्ने साथै अभिभावक संस्था रुपन्देही उद्योग संघसँग सहकार्य गरी आवश्यक पर्ने तालिम गोष्ठी साथै अन्य कार्यक्रमको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन ।

कार्यक्रममा रुपन्देही उद्योग संघकी पूर्व कार्यसमिति सदस्य रेनुका खरेलले महिलाहरुले घरको काम र जिम्मेवारीका साथसाथै आफै उद्यमी बनेर आफुलाई आर्थिक र सामाजिक रुपमा सक्षम बनाउने बेला आएको बताईन । कार्यक्रममा बोल्नुहुँदै कार्यसमिति सदस्य शारदा भट्ट्राईले महिला उद्यमी समिति क्रियाशिल र रचनात्मक रुपमा अगाडि बढ्ने विश्वास सहित शुभकामना दिईन ।

संघका का.वा.अध्यक्ष कृष्ण प्रसाद पराजुलीले सामाजिक विकासमा सहभागिता र सक्रियता जरुरी भएको हुँदा महिलाहरुलाई अवसर र जिम्मेवारी दिनु पर्ने कुरामा रुपन्देही उद्योग संघ सधैं प्रतिवद्ध रहेको बताएका थिए ।संघका महासचिव हिरामणी भट्टराइ, संघका प्रथम उपाध्यक्ष तथा वस्तुगत समिति गठनका संयोजक जीवकान्त काफ्ले लगायतले बोलेका थिए ।

© 2025 krishipatra All right reserved