
बुटवल, माघ- लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बुटवलमा सात लाख रुपैयाँ भन्दा बढि रुपैयाँको अवधै भारतीय बैखी माछा नियन्त्रणमा लिएको छ । माघ २३ गते बुटवल उपमहानगरपालिका वडा नम्बर ५ हाटबजार लाईनबाट माछा सहित गाडी, चालक समेत प्रहरीको नियन्त्रणमा रहेका हुन ।
अवैध रुपमा भन्सार छली नेपालमा प्रतिवबन्धीत ‘ बैखि जात’का माछा ओसार पोसार भईरहेको भन्ने सूचानको अधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलमा खाटिएको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा बुटवल सिद्धार्थ क्याम्पस अगाडि रोकी राखेको लु २ च ३३२९ नं.को बलेरो गाडी मा २ हजार किलो माछा नियन्त्रणमा लिएको हो ।
प्रहरीले अबैध बैखी माछा ओसार पोसार गर्ने जिल्ला कपिलबस्तु कपिलबस्तु नगरपालिका वडा नं.१ बस्ने बर्ष २३ को शिव कुमार यादब र कपिलबस्तु बुद्धभूमी नगरपालिका वडा नं.२ बस्ने बर्ष ३४ को सजहार पखियालाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय रुपन्देहीमा पठाएको छ । उक्त माछाको बजार मुल्य अन्दाजी ७ लाख रुपैयाँ बराबरको रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।