सैनामैनामा खुल्यो कृषि फार्ममा अर्गानिक रेष्टुरेन्ट

 

बुटवल,माघ–रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ तालिमा प्रेम ज्ञवालीले स्थापना गरेको कृतिका कृषि केन्द्र तथा अर्गानिक रेष्टुरेन्टको विहिवार शुभारम्भ गरिएको छ । केन्द्रमा निर्माण गरिएको ज्युदो माछा विक्री स्थलको को सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्मा र नेपाल सरकारका पुर्व मुख्यसचिव तथा चीनका लागि नेपाली पुर्व राजदुत लिलामणी पौडेलले शुभारम्भ गरेका हुन ।
फार्म शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले फार्मले आफ्नो फार्ममा उत्पादन भएका कृषिजन्य बस्तुको विविधीकरण गरी विक्रि स्थल सञ्चालन गरेकोका आफैमा सकारात्मक काम भएको बताएका थिए । उनले उत्पादन भएको अर्गानिक बस्तु उपभोग गर्न पाउने गरी खोलीएको फार्मको सफलताको शुभकामना समेत दिए ।


कार्यक्रममा बोल्दै पुर्व मुख्यसचिव पौडेलले कृषिमा खाद्य सुरक्षा बचाउन सकेमा कृषि क्षेत्र बाँच्ने भन्दै यसको लािग खाद्य सृङ्खला लाई कायम राख्न तिन वटा तहले काम गर्नुपर्ने बताएका थिए । उनले बाँजो जमिनलाई हराभरा गराउनको लागि स्थानीय तहले भाडामा लिएर जग्गा कृषि कर्ममा लगाउनुपर्ने सुझाव समेत दिए । उनले किसान लाई सेवा कार्यालयमा गएर भन्दा पनि खेतमा, बारीमा, किसानको घर घरमा सेवा प्रवाह गर्ने नीति ल्याउन सुझाव समेत दिए । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवामा प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत दिपक भुषालले ज्युदो माछाको विक्री स्थल निर्माणको लागि फार्मलाई २ लाख अनुदान दिइएको जानकारी दिए । उनले फार्ममा एकिकृत खेती भन्दा पनि ठुलो स्केलमा एउटै प्रकृतिको उत्पादन गरेमा बजारीकरणमा समेत सहज हुने भन्दै फलफुल, तरकारी खेती भन्दा पनि माछा पोखरीलाई विस्तार गर्नको लागि सुझाव समेत दिए ।

कार्यक्रममा सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरे, प्राविधिक किसान रचना कण्डेल लगायतले शुभकामना दिएका थिए ।
प्रेम ज्ञवालीले कुल ८७ लाख ३६ हजार रुपैयाँमा कृतिका कृषि फार्म तथा अर्गानिक रेष्टुरेन्ट सुरुवात गरेका हुन ।

© 2025 krishipatra All right reserved