सेवानिवृत्त कृषि अधिकृत बस्यालको विदाई

बुटवल, माघ । लुम्बिनी प्रदेश सरकार अन्र्तगत रहेको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवलद्धारा अनिवार्य सेवा अवकास प्राप्त कृषि अधिकृत दयाराम बस्यालको विदाई कार्यक्रम गरेको छ । बुटवलमा शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी बस्यालाई प्रसंसा पत्र, मायाको चिनो सहित विदाई गरिएको हो । कार्यक्रममा बोल्दै कृषि अधिकृत बस्यालले राष्ट्रसेवक कर्मचारीको रुपमा लामो समय सम्म सेवा गर्न पाउँदा खुसी लागेको बताएका थिए । उनले कार्यालय प्रमुख तथा सबै मातहतका कर्मचारीहरुको सहयोगबाट नै सेवा अवधी सफल भएको धारणा राखेका थिए ।
कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका प्रमुख राम प्रसाद पाण्डेले गत आर्थिक बर्षमा नीजामती कर्मचारी दिवसको दिन उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएका कृषि अधिकृत दायाराम बस्यालको विदाई गर्दा आफैमा नराम्रो लागेको भएपनि उहाँको बाँकी जीवन थप उर्जाशिलको कामना गरेका थिए । निर्देशक पाण्डेले आफ्नो मतहतमा काम गर्दा सरल प्रकृतिबाट कार्यसम्पदमा बस्यालको कार्यकुशलता रहेको बताएका थिए ।
कार्यक्रम बागवानी विकास अकिृत सुनैना बरालीको सञ्चालनमा भएको थियो भने निर्देशनायलका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा निर्देशनालय दोसल्ला, मायाको चिसो, कदर पत्र सहित सम्मान गरेको थियो । सोही कार्यक्रममा कृषि पत्र पाक्षिक खबर पत्रिका र कृषि पत्र डट कम अनलाईनले पनि बस्याललाई प्रशसा पत्र सहित सम्मान गरेको थियो ।

© 2025 krishipatra All right reserved