आर्थिक करिडोर कार्यालय बुटवलद्वारा ‘उत्पादक संस्था र खरिदकर्ता विच अन्तरक्रिया’

बुटवल, माघ– ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बुटवल रुपन्देहीको आयोजनामा उत्पादक संस्था र खरिदकर्ता विच अन्तरक्रिया गोष्ठी गरेको छ । बुटवलमा लुम्बिनी प्रदेश अन्र्तगतका परियोजना लागू भएका जिल्लाका किसान तथा सप्लायर्सहरुको सहभागीतामा गोष्ठी आयोजना गरिएको हो ।

आर्थिक करिडोर कार्यालय बुटवलका प्रमुख सुरेन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा भएको गोष्ठीमा सहजीकरण गर्दै प्रमुख पोख्रेलले किसान उत्पादको विचमा उत्पादनपछिको बजार ग्यारेन्टी सहितको यो परियोजना भएको जानकारी दिएका दिनुभएको थियो । उहाँले यो विषयमा उत्पादक, किसानको रुपमा समुह, सहकारी लगायतको सहभागीता कृषि तथा पशुजन्य बस्तुको बजारीकरण गरी किसानलाई सक्षम बनाउने गरी परियोजनाको सुरुवात गरिएको बताएका बताउनुभयो ।

गोष्ठीमा सहजीकरण गर्दै ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना आयोजनक निर्देशशको कार्यालय हरिहरभवन ललितपुरका अनुगन तथा मुल्यांकन विशेषज्ञ दिपेन्द्रश्याम घिमिरेले आयोजनाले किसानको जिवनस्तरलाई माथि उठाउने गरी कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले आयोजनाको विभिन्न संभाग, किसानको अनुदान प्रक्रिया लगायतको विषयका प्रकाश पारेका पार्नुभयो ।

कार्यक्रममा स्वागत गर्दै आर्थिक करिडोर कार्यलय बुटवलका कृषि अधिकृत हरि प्रसाद पाण्डेले किसान र परियोजनाको आधा÷आधा लागत साझेदारीमा परियोजना जारी रहेको जानकारी दिएका गराउनुभएको थियो । सोही कार्यक्रममा खरिदकर्ताको रुपमा रहेको मुक्तीनाथ एग्रो कम्पनीका लुम्बिनी प्रदेश कार्यालय प्रमुख निर्मल भुषाल, फष्ट च्वाईस फुड्स प्रालिका प्रबन्धक कृष्ण प्रसाद पौडेल लगायतले बोल्दै किसानले उत्पादन भएको बस्तुको विक्रीको लागि आफुहरु पहिला नै सम्झौता गरी ग्यारेन्टेड गर्न तयार भएको बताउनुभयो ।

आर्थिक करिडोर कार्यालय बुटवलका कमल पराजुलीको सञ्चालनमा कार्यक्रम भएको हो । परियोजना भालुवाङ्ग– रोल्पा सडक अन्र्तगतको करिडोर क्षेत्रमा रहेका पालिकाका किसानहरुको पक्षमा काम गर्दै आएको छ ।

© 2024 krishipatra All right reserved