बुटवल, पुस- लुम्बिनी कृषि तथा पशुपंक्षी विकास सहकारी संस्था सैनामैना ४ ले लखनपारामा प्रांगारिक मल उद्योग स्थापना गरेको छ । मल उद्योगको रुपन्देही जिल्लाका जिल्ला संमन्वय समिति प्रमुख उमाकान्त चपाईंले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख चपाईंले किसानले उत्पादन गरेको पशु चौपायबाट संकलन गरिएको प्रांगारिक पदार्थबाट मल उत्पादन गरी विक्रि वितरणको लागि सुरुवात गरिएको मल उद्योगले सफलता पाउनेमा आफु विश्वस्त भएको बताए । उनले सबैको साझा अभियानबाट यो उद्योगले सफलता पाउने बताएका थिए ।
कार्यक्रममा सैनामैना नरपालिका प्रमुख फाण्ीन्द्र प्रसाद शर्माले सैनामैना नगरपालिकाबासीहरुले प्रांगारिक मल प्रयोग गर्दा सैनामैनामा नै उत्पादित मल प्रयोगमा जोड दिनुपर्ने भन्दै नगरपालिकाबाट के कस्तो रुपमा मल उद्योगको प्रर्वद्धन, विकास, वृद्धिका लागि सहयोग गर्न पर्ने हो त्यसमा तयार रहेको बताएका थिए । उनले किसान लाई सहकारी मार्फ उद्यमशितामा जोड्ने काम आफैमा नमुनायोग्य काम भएको भन्दै यसमा आफुले सक्दो सहयोग गर्ने बताएका थिए । उनले भने–‘सैनामैनमा का उत्पादन मा हामी जोड दिनु पर्छ, हामी सैनामैनामा उत्पादित सामग्री को उपभोग प्रोत्साहन गर्न तयार छौं । ’
मल उद्योग उद्घाटन कार्यक्रममा राष्ट्रिय उद्योग संघ भारत का अध्यक्ष सुनिल माण्डव्यले नेपालमा उद्योगको संभावना प्रचुर रहेको भन्दै जंगलमा खेर गैरहेका बनस्पतीहरुलाई समेत मलको रुपमा प्रयोग गर्न सकिने बताएका थिए ।
सैनामैना नगरपालिका पुर्व नगर प्रमुख चित्र बहादुर कार्कीले किसान मैत्री राष्ट्रिय नीति नभएको कारण अहिलेको समस्या आएको भन्दै यसको लागि राष्ट्रिय नीति नै किसान मैत्री, कृषिमा जागरण गराउने खालको हुनु पर्ने बताएका थिए । उनले सैनामैनामा कृषि संकलन प्रसोधन र बिक्री बनाउने योजना आफ्नो कार्यकालमा बनेको भएपनि विविध कारणले पुरा गर्न नसकीएको भन्दै अहिलेको स्थानीय सरकारले यसलाई पूर्णता दिनुपर्नेमा जोड दिएका थिए ।
मल उद्योग भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाले १३ लाख रुपैयाँ उद्योगको ालगि आवश्यक पर्ने उपकरणको लागि अनुदान प्रदान गरेको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख दिपक भुषालले उद्योगको लागि आवश्यक पर्ने ड्रायर मेसीन अनुदानमा उपलब्ध गराउनको लागि मन्त्रालय लगायतका सिलिङ सहितको विवरण पठाएर अर्को बर्ष पुरा गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिव प्रसाद अर्याल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका पशु चिकित्सक लोकराज भुषाल, कृषि विकास बैक लिमिटेड सैनामैना शाखा, प्रबन्धक भोजराज भण्डारी, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम खड्का लगायतले आ आफ्नो निकायबाट सहयोग गर्ने प्रतिवद्धता समेत जानएका थिए ।
सहकारी संस्थाका व्यवस्थापक प्रेम प्रसाद पौडेलका अनुसार विभिन्न फार्मबाट संकलन गरिएको कम्पोष्ट मल लाई संकलन गरी, प्रसोधन गरेर मल उद्योगबाट स–साना दानाको रुपमा मल उत्पादन हुने जानकारी गराए ।
शुनिल अर्याल अध्यक्ष लुम्बिनी कृषि तथा पशुपंक्षी विकास सहकारी संस्था प्रांगारिक मल उद्योग बाट सैनामैनाका किसान लाई लाभांवित गर्न सकिने बताएका थिए । उनले उद्योगको लागि चाहिने करिव १६ लाख लागतको ड्रायर मेसीन खदि गरी कम्पोष्ट मल बाट सिधै बोरामा प्याकेजिङ्ग गर्न मिल्ने गरी जनाएका थिए ।