रुपन्देही डेरी व्यवसायी समितिको १५ औ साधारण सभाः ‘दुग्धजन्य पाद्धार्थको कोशेली घरको रुपमा बुटवललाई विकास गरौ’

बुटवल, पुस । रुपन्देही डेरी व्यवसायी समितिको १५ औ बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै बुटवल उपमहानगरापलिका उप प्रमुख सावित्रादेवी अर्यालले बुटवल क्षेत्र लाई दुग्धजन्य पादार्थको कोशेली लैजाने थलोको रुपमा विकास गर्नुपर्ने बताएकी छिन् ।
नेपालमै सबैभन्दा बढि शुद्ध दुध र दुग्धजन्य पदार्थ बुटवलमा नै पाईन्छ भन्ने गरी शुद्धता कायम गर्नकोलागि किसान, डेरी व्यवसायी, उद्योगी सबैलाई आग्रह समेत उनले गरेकी छिन् ।

बुटवलमा आएपछि दुध र दुग्धजन्य बस्तु खरिद गरेर कोशेलीकोरुपमा लैजान संस्कृतिको रुपमा विकासका गर्नको सबैले हातेमालो गर्नुपर्ने उप प्रमुख अर्यालयको भनाई छ ।

कार्यक्रममा बोल्दै उनले भनिन्–‘बुटवलाई दुध र दुग्धजन्य बस्तु खरिद गरी कोशेलीको रुपमा लैजाने गरी विकास गर्नको लागि सबैले हातेमालो गर्न आवश्यक छ, यसमा के कस्तो सहयोग गर्नुपर्छ हामी तयार छौं ।’ स्थानीय सरकारले दुध र दुग्धजन्य बस्तुको शुद्धताको लागि निरन्तर अनुगमन लगायतका कार्यगर्दै आएको जानकारी दिदै उनले अखाद्य दुध भए कारकावही गर्ने समेत बताईन ।
उनले भनिन्–‘बुटवललाई शुद्धताको पहिचान स्थापना गर्ने गरी अभियानको थालनी गरौ, कसले कहाँबाट काम गर्न सकिन्छ, हामी तयार छौ ।’ बुटवलका डेरी उद्योग, वा पसलहरुले बुटवल उपमहानगरपालिका भित्रका किसानले उत्पादन गरेका दुध को प्रयोग गरी वाहिरबाट आयातित दुध लाई निरुतासाहित गर्नुपर्ने बताएकी थिईन ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले उद्योग मैत्री सरकारी नीति नभएको कारण अहिले उद्योगीहरुको अवस्था धरासायी हुदै गएको बताउँदै यसको लागि सरकारले उद्योग मैत्री नीति ल्याउनुपर्ने बताएका थिए । उनले दुग्ध व्यवसायी ले दुध जन्य बस्तु उत्पादन गर्ने किसान लाई सम्मानीत गर्नुपर्ने भन्दै बढ्दो युवा जनशक्ति पलायन रोक्नको लागि युवाहरुलाई कृषि कर्ममा लगाउनुपर्ने बताएका थिए ।
उनले भने–‘बढ्दो बैदेशिक पलायनलाई रोक्नको लागि सरकारले नै युवाहरुलाई कृषि तथा पशुपालन क्षेत्रमा लगाउनुपर्दछ, जसले गर्दा युवा पलायन रोक्न सकिन्छ ।’ बजारमा दुग्ध र दुग्ध जन्यबस्तुको मुल्य एकरुपतामा जोड दिनुपर्ने समेत बताएका थिए । नेपाली काग्रेसका महासमिति सदस्य युवाराज गिरीले किसान बाँचेमा देश बाँच्ने भन्दै किसानले सम्मानित भएर बाँच्न पाउने अवस्थाको सृजना नभए सम्म देशले उगो नलाग्ने बताएका थिए ।

कार्यक्रममा नेपाल डेरी एशोसीयसनका पुर्व केन्द्रीय अध्यक्ष मेघराज पौडेल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, नेपाल डेरी एशोसीयसन प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने, घरवाहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल मासु व्यवसायी समिति रुपन्देहीका उपाध्यक्ष नारायण जिसी,लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष रामकृष्ण शर्माले संस्थाले गरेका कार्यको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा समितिका पुर्व सल्लाहकार तथा बुटवल टुडे दैनिकका उप–सम्पादक, कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेश संयोजक पत्रकार कृष्ण खनाल लाई नगद सहित सम्मान गरिएको थियो । भने सदस्यहरुका सन्ततीहरुलाई शैक्षिक क्षेत्रको उन्नयनको लागि सम्मान गरिएको थियो । यस्तै सल्लाहकार कृष्ण पोखरेल, सहयोगी दाता लगायत लाई सम्मान गरिएको थियो ।

© 2024 krishipatra All right reserved