रुपन्देहीमा मत्स्य प्राविधिक बार्तालाप

बुटवल, पुस ।
मत्स्य शुद्ध नष्ल संरुक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवा रुपन्देहीको आयोजनामा ‘प्राविधिक वार्तालाप कार्यक्रम’ रुपन्देहीमा सुरु भएको छ । मंगलपुरमा आयोजना गरिएको दुई दिनको कार्यक्रमको पहिलो दिन विभिन्न प्राविधिक सत्रको कार्यपत्र प्रस्तुत तथा छलफल भएको छ ।

देशभरका विभिन्न मत्स्य संग सम्बन्धीत कार्यालयका प्रमुख तथा प्रतिनीधी, किसानको सहभागीतामा शुरुवात भएको कार्यक्रमको केन्द्रीय मत्स्य तथा संरक्षण केन्द्र बालाजुका प्रमुख सरिता गौतमले उद्घाटन गरिन् ।

मत्स्य प्राविधिक, किसानहरुको समेत सहभागीता भएको कार्यक्रमको पहिलो प्राविधिक सत्रमा प्रमुख सरिता गौतमले ‘राष्ट्रिय मत्स्य विकास नीतिमा मत्स्य बीज, शुद्ध नष्ल तथा माछाको दाना सम्बन्धी विषयबस्तु’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै यो नीतिमा मत्स्य पालक किसानले अव अन्य किसान सरह विद्युतको ‘कृषि मिटर’ प्राप्त गर्ने गरी व्यवस्था भएको जानकारी गराएकी थिईन ।

कार्यक्रममा उनको कर्यपत्र माथि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत दिपक भुषालले टिप्पणी गरेका थिए । कार्यक्रममा मत्स्य ह्याचरी सम्बन्धी मापदण्डको विषयमा केन्द्रीय मत्स्य प्रर्वद्धन तथा संरक्षण केन्द्र बालाजुका मत्स्य विकास अधिकृत शुभाष कुमार झाले कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्र माथि मत्स्य मानव संशासन विकास तथा प्रविधि परिक्षण केन्द्र जनकपुरका प्रमुख रविलाल शर्माले टिप्पणी गरेका थिए ।
कार्यक्रममा मत्स्य क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तह विचको संमन्वय र यस सम्बन्धमा राष्ट्रिय मत्स्य विकास नीतिमा रहेका विषयबस्तु’ बारेमा लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा. प्रवेशसिंह कुँवरले कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा मत्स्य विकास केन्द्र लाहानका प्रमुख विकास कुमार शाहले टिप्पणी गरेका थिए ।
पहिलो दिनमा अर्को कार्यपत्र सरिता गौतमले‘मत्स्य दाना सम्बन्धी मापदण्ड’को विषयमा प्रस्तुत गरेकी थिईन भने टिप्पणी प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एबम् संरक्षण केन्द्र हेटौडाका प्रमुख सरोज कुमार यादवले गरेका थिए । कार्यक्रममा कृषि विकास बैंक तालिम केन्द्रका प्रमुख तथा प्रबन्धक पुनाराम खासु, लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा. प्रवेश सिंह कुँवर, मत्स्य शुद्ध नष्ल संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवाका प्रमुख महेशचन्द्र गुप्त, मत्स्य विकास अधिकृत रमेश जैसवाल, प्राविधिक सहायक गोविन्द बहादुर मल्ल लगायतले बोलेका थिए ।
पुस २६ गते दोस्रो दिन पनि दुई वटा कार्य पत्र प्रस्तुत गरिने र सो उपर व्यापक छलफल गरिने कार्यक्रम तय गरिएको केन्द्रका मत्स्य विकास अधिकृत रमेश जैसवालले जानकारी दिए ।

© 2025 krishipatra All right reserved