
बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको १७ औ बार्षिक साधारण सभा बुटवलमा भएको छ । कार्यक्रममा बोल्दै नेपाल फलफुल तथा तरकारी महासंघका केन्द्रीय अध्यक्ष खोमराज अधिकारीले राज्यले किसान लगायत व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक नबनाएको कारण अहिलेको समस्या आएको बताए । उनले नासवान बस्तुमा समेत सरकारले भ्याट लगाएर किसान र व्यवसायीहरुलाई समेत हतोत्साहित गरेको बताएका थिए । उनले अव फलफुल तथा तरकारीको व्यवसायी गर्ने व्यवसवायीहरु नै उत्पादनमा लाग्न्नुपर्ने धारणा राख्दै उनले यसको लागि सबैले साथ र सहयोग दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष अधिकारीले भने–‘आव हामी उत्पादन संगै व्यापारमा पनि लाग्न जरुरी रहेको छ, यस तर्फ ध्यान दिन आवश्यक छ ।’ उनले अव सरकराले नै किसानको उत्पादन विक्रिको लागि सुनिश्चता गर्नुपर्ने समेत धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघका संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल(गोपाल) उत्पादन संगै व्यवसायीकरणमा जोड दिएका थिए । उनले व्यवसायीहरुको बजारीकरणको कारण नै किसानको उत्पादन विक्रि भएको बताउँदै यसको लागि सरकारी निकायबाट पनि ठाउँ ठाउँमा किसानको उत्पादन बजारीकरणको लागि संकलन केन्द्र, कृषि बजार स्थापना गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरापलिका वडा नम्बर ६ का अध्यक्ष तथा संघका सल्लाहकार लोकनाथ न्यौपानले व्यवसायीहरुले एउटा एउटा बस्तु उत्पादन गर्नुपर्ने अवको आवश्यकता रहेको बताएका थिए । उनले वाहिरबाट ल्याएको उत्पादन विक्रि भन्दा पनि स्वदेशमा नै किसानहरुबाट उत्पादन भएको बस्तु विक्रि वितरणलाई प्रमुख प्रथमिकता दिनुपर्ने धारणा राखेका थिए । उनले एक÷एक जना व्यवसायीहरुले एउटा एउटा बस्तु उत्पादन गरेमा यसबाट बजारीकरण गर्न समेत सहज हुने भन्दै अव उत्पादनमा समेत लाग्न सुझाव दिए ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद आर्यालले नेपाली उत्पापदन विक्रि वितरणको साथै रैथाने बालीको उत्पादन, विक्रि वितरण तथा प्रर्वद्धनमा व्यवसायीरुले भूमीका खेल्नुपर्ने बताएका थिए ।
उनले बेमौसमीको नामममा विषादी प्रयोग गरिएका उत्पादन भन्दा पनि स्वदेशी रैथाने बाली, कृषि लाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने बताएका थिए । व्यवसायीहरुलाई उनले व्यापारमुखी भन्दा पनि किसान मुखि हुनको लागि सुझाव दिएका थिए ।
कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, मकवानपुर फुलफुल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष कृष्ण प्रसाद हुमगाई, उद्योग व्यापार संघका महासचिव पदम जिसी, कृषि विकास निर्देशनालय बुटवलका कृषि अधिकृत दायाराम बस्याल, पत्रकार दामोदर खनाल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, मानवसेवा आश्रममा टिका थापा, फलफुल जिल्ला संघका ललितपुरका अध्यक्ष कृष्ण सञ्जेल, लुम्बिनी कृषि बजार थोक प्रालिका अध्यक्ष भिमकान्त पन्थी लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष बाबुराम भुषालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्यदिशा बारेमा प्रकाश पारेका थिए । महासचिव मेघराज पौडेल, बरिष्ठ उपाध्यक्ष मोहमद याकुव लगायतले आ आफ्नो भनाई राखेक ाथिए ।