रुपन्देहीमा प्रतिबन्धित विषादी र सूचिकृत नभएका बीउ खुलेयाम विक्रि (भिडियो समेत)

बुटवल पुस- रुपन्देहीका अधिकांश एग्रोभेटहरुले सूचिकृत नभएका र प्रतिबन्धित विषादीहरु बीक्री गर्ने गरेको पाइएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीले गरेको अनुगमनमा लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका र गैडहवा गाउँपालिकाका अधिकांश एग्रोभेट सेन्टरहरु अवैध तरिकाले सञ्चालन भैरहेको पाइएको हो । सेन्टरहरु दर्ता बिनै सञ्चालन भएका, अधिकांशको नविकरण नभएको, नेपालमा सुचिकृत नभएका र प्रतिबन्धीत विषादीहरु बीक्री गरेको अनुगमनका क्रममा पाइएको छ । व्यवसायीहरुले विषादी भण्डारण र बीउको गुणस्तरमा समेत लापरवाही गरेको पाइएको छ ।

अनुगमनका क्रममा सल्लाह सुझाव सहित पहिलो पटकलाई सचेत गराएर छाडिएको कृषि ज्ञान केन्द्र रुपन्देहीका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले जानकारी दिए ।बीउबिजन, विषादी र मलखाद बीक्री गर्दा तालिम प्राप्त व्याक्तिले मात्रै बिक्री गर्न पाइन्छ । तर, प्राविधिक ज्ञान नभएका अदक्ष व्याक्तिले एग्रोभेट सञ्चालन गर्दा ग्रामिण भेगका किसानहरु ठगिनुपर्ने बाध्यता छ ।

तालिम लिएका पुराना व्यवसायीहरुलाई पनि संशोधन भएका कानून र प्राविधिक ज्ञानका बारेमा पुनर्ताजगी तालिमको आवश्यक देखिएको छ । एउटा एग्रोभेट सञ्चालन गर्दा अथवा नविकरण गर्दा संघ, प्रदेश र स्थानीय तह तीनै तहका निकायमा दर्ता गर्नुपर्ने प्रावधानले पनि व्यवसायीहरुले एग्रोभेट सेन्टर दर्ता गर्न झण्झट मानिरहेका छन् ।

(भिडियो समेत)

© 2024 krishipatra All right reserved