स्मार्ट कृषि गाउँकार्यक्रको विषयमा अन्तरक्रिया

बुटवल, पुस–
कृषि विकास निर्देशनालय आयोजानमा बुटवलमा स्मार्ट कृषि गाउँ कार्यक्रम विषयमा सरोकारवाला निकायका विचमा अन्तरक्रिया गरिएको छ । मंगलापुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि व्यसाय प्रर्वद्धन महाशाखा प्रमुख घनश्याम चौधरीले प्रदेश सरकारले ल्याएको लक्ष्य अनुुसारको कार्यप्रगति गर्नुपर्ने बताएका थिए ।उनले स्मार्ट कृषि गाउँ कार्यान्वयनको लागि प्रदेश सरकारले सुरुवात गरेको नमुना कृषि गाउँको अवधरणालाई सबैजना मिलेर सफल बनाउनुपर्ने बताएका थिए ।
कार्यत्र mममा बोल्दै कृषि विकास निर्देशनालय बुटवलका प्रमुख निमित्त निर्देशक राम प्रसाद पाण्डेले स्मार्ट कृषि गाउँ मार्फत प्रदेशका सबै पालिकामा नमुना कृषि फार्म, केन्द्र स्थापना हुने लक्ष्य लिएको कारण सोही अनुसारको कार्यायोजना सबै स्मार्ट कृषि गाउँले कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका बागवानी विकास अधिकृत सुनैना बरालीले हाल सम्म स्मार्ट कृषि गाउँ कार्यान्वयनको अवस्था, आगामी योजना को विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन ।यस्तै कृषि तथा भुमि व्यवस्था मन्त्रालयका महाशाखा प्रमुख घनश्याम चौधरीले स्मार्ट कृषिगाउँको विषयमा गर्नुपर्ने विषय, भैरहेका प्रयास, प्रदेशको मन्त्रालयको अपेक्षा र उपलब्धीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रदेशका विभिन्न जिल्लाबाट स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका अध्यक्ष तथा सचिव मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा कृषि तथा भुमि व्यवस्था मन्त्रालयका स्मार्ट कृषि गाउँ कार्यान्वयन एकाई प्रमुख विनोद सुनार, कृषि विकास निर्देशनालयका अर्थविज्ञ डिल्लीराज पौडेल, कृषि अधिकृत दयाराम बस्याल कृषि ज्ञान केन्द्र नवलरासीका अधिकृत नविन गैरे लगायतको सहभागीता रहेको थियो ।

 

© 2025 krishipatra All right reserved